• होमपेज
  • देश
  • हेलो सरकारलाई स्थानीय तहसम्म लैजाने

हेलो सरकारलाई स्थानीय तहसम्म लैजाने

  • शनिबार, जेष्ठ ६, २०८०
हेलो सरकारलाई स्थानीय तहसम्म लैजाने

काठमाडौं –– सरकारले ‘हेलो सरकार’ लाई स्थानीय तहसम्मै विस्तार गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै हेलो सरकारलाई थप प्रभावकारी बनाउन स्थानीय तहसम्मै लगेर गुनासो सुन्ने व्यवस्था मिलाउने बताएका हुन् ।

उनले सरकारी सेवा कार्यालयबाट हुने सेवा प्रवाहलाई गुणस्तर र थप प्रभावकारी बनाउने बताए । हेलो सरकारको गुनासो अहिले प्रधानमन्त्री कार्यालयमा मात्रै आउने गर्छ। प्रधानमन्त्री कार्यालयमा आएका गुनासोलाई सम्बन्धित सरकारी कार्यालयमा पठाई गुनासो सम्बोधन गर्न निर्देशन हुँदै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार