शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • समाज
  • बुढिगंगा नगरपालिकाका बिद्यालयमा पोषण सप्ताह सुरु

बुढिगंगा नगरपालिकाका बिद्यालयमा पोषण सप्ताह सुरु

  • शुक्रबार, जेष्ठ ५, २०८०
बुढिगंगा नगरपालिकाका बिद्यालयमा पोषण सप्ताह सुरु

बाजुरा– बुढिगंगा नगरपालिका बिद्यालयहरुमा पोषण सप्ताह सुरु भएको छ । जेठ १ गते देखी ७ गतेसम्म सप्ताह कार्यक्रम सुरु भएको छ ।
आज शुक्रबार नगरपालिकाका ४, ५ र ६ नम्वर वडाका ७ वटा बिद्यालयका वालकालिकालाई जुकाको औषधि, वालवालिकाको स्वास्थ्य परिक्षण, स्वास्थ्य तथा पोषणको बिषयमा हाजिरी प्रतियोगिता जस्ता क्रियाकलताप गरिएको आईडीएस नेपालका बुढिगंगा नपालिका संयोजक माया विष्टले जानकारी दिईन ।
साताब्यापी कार्यक्रममा पोषण प्रदर्शनी, हाजिरी जवाफ प्रतियोगिता, जनचेतना अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रम, स्वास्थ्य परिक्षण तथा जुकाको औषधि खुवाउने सरसफाई कार्यक्रम गरिने भएका छन । त्यसै गरी अतिरिक्त कार्यक्रम कविता, निवन्ध, पोषण सम्बन्धि गित, र विद्यालयमा स्वास्थ्य पोषण र सरसफाईको स्थितिबारे समिक्षा जस्ता कार्यक्रम संचालन हुदै आएका संयोजक विष्टले बताईन ।
नेपाल सरकारको पोषण सप्ताह कार्यक्रम प्रभावकारी बनाउने उद्देश्यले बुढिगंगा नगरपालिका स्वास्थ्य शाखा, बिश्व खाद्यको सहकार्य एकिकृत्त विकास समाज, आईडीए नेपाल बाजुराको सहजीकरणमा विद्यालय पोषण सप्ताह कार्यक्रम संचालन भईरहेको छ ।
कार्यक्रमले नगरपालिका भित्रका वालवालिकालाई कुपोषणबाट जोगीने र बिद्यालय बाहिर रहेका बालिबालिकालाई नियमित बिद्यालय पठाउने वातावरण सहज हुने भएको छ ।
सात ओटा विद्यालयका वालवालिकाहरुलाई गराएको हाजिरी जवाफ प्रतियोगितामा थुमा मावि प्रथम, महेन्द्र आधारभुत्त विद्यालय द्धितिय र भानोदय मावि तृतिय भएका छ । क्रमस प्रथम द्धितिय र तृतियलाई सरसरफमाईका समाग्री कोल्टेक ब्रस सावुन र कापी कलम पुरस्कार दिएको छ ।

चर्चामा

सम्बन्धित समाचार