शुक्रबार, असार १९, २०८३
  • होमपेज
  • समाज
  • धनगढीमा २६ वर्षीया डाक्टर प्रशन्ना मृत फेला

धनगढीमा २६ वर्षीया डाक्टर प्रशन्ना मृत फेला

  • शुक्रबार, जेष्ठ ५, २०८०
सेयर गर्नुहोस् :
धनगढीमा २६ वर्षीया डाक्टर प्रशन्ना मृत फेला

धनगढी-– कैलालीको धनगढीमा २६ वर्षीया डाक्टर प्रशन्ना शाह मृत फेला परेकी छन्। धनगढी उपमहानगरपालिका–५ हसनपुरकी शाह मृत फेला परेकी हुन्। बिहिवार बिहान उनी आफ्नै घरमा मृत भेटिएकी थिइन।

उनी आफ्नै घरमा मृत फेला परेको प्रहरीले जनाएको छ। मृत्युको कारण खुलेको छैन। शवको पोस्टमार्टम भएको छ तर रिपोर्ट आउन बाँकी रहेको प्रहरीले बताएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। शाह धनगढीस्थित माया मेट्रो अस्पतालमा कार्यरत थिइन्।

चर्चामा

सम्बन्धित समाचार