• होमपेज
  • समाज
  • कमाउन भारत गएको छोरा सम्पर्कविहीन, परिवारको बिचल्ली

कमाउन भारत गएको छोरा सम्पर्कविहीन, परिवारको बिचल्ली

  • शुक्रबार, जेष्ठ ५, २०८०
कमाउन भारत गएको छोरा सम्पर्कविहीन, परिवारको बिचल्ली

धनगढी– कमाउन भारत गएको छोरा सम्पर्कविहीन भएपछि परिवारको बिचल्ली भएको छ। कञ्चनपुर पुनर्वास नगरपालिकाका ओमप्रसाद भुसाल लामो समय सम्पर्कविहीन बनेपछि दीर्घरोगी बुवाआमाको बिचल्ली भएको हो । पाँच वर्षदेखि भारतको हैदराबादमा रोजगारी गर्दै आएका भुसाल एकाएक सम्पर्कविहीन भएका हुन्।

शारीरिक रूपमा अशक्त ओमप्रसादकी श्रीमती मैसरा भुसाल अहिले सात वर्षीय छोराका साथ भालुफाँटा माइतीको घरमा बस्दै आएकी छिन्। ओमप्रसादका बुवा अहिले भरतपुर क्यान्सर अस्पतालमा छन्।। बुवालाई क्यान्सर रोग लागेपछि परिवारमा झन् आर्थिक सङ्कट थपिएको छ ।

कमजोर आर्थिक अवस्था भएको भुसाल परिवारमा बुवा क्यान्सरपीडित भएको पीडा एकातिर छ भने परिवारको जिम्मेवार सदस्य लामो समय सम्पर्कविहीन बनेपछि थप अर्को पीडा थपिएको छ। भारतबाट हराएकाले खोजी कार्यका लागि कहाँ कसलाई गुहार्ने भन्ने अलमलमा परेका आफन्तले काम गर्ने ठाउँ, आफन्त चिनेजानेका सबैलाई सोध्दा कतै पत्ता नलागेकाले खोजीका लागि सरकारसँग आग्रह गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार