बिहिबार, असार ४, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • चटयाङ लागेर चार दिनदेखि अलपत्र घाइतेको अझै उद्धार भएन

चटयाङ लागेर चार दिनदेखि अलपत्र घाइतेको अझै उद्धार भएन

  • मङ्लबार, जेष्ठ २, २०८०
सेयर गर्नुहोस् :
चटयाङ लागेर चार दिनदेखि अलपत्र घाइतेको अझै उद्धार भएन

दार्चुला– मौसमका खराबी कारण चटयाङ लागेर चार दिन देखी उद्धार हुन नसकेका घाइतेहरूलाई आज पुनः उद्धारको प्रयास गरिने भएको छ ।

यार्सागुम्बा टिप्न जाँदा गत शनिबार दार्चुलाको व्यास गाउँपालिका–२ हुम्दुम्तीमा चटयाङ लागेर घाइते भएका तीन जनाको अझै उद्धार हुन नसकेको बेला मंगलबार बिहान पुनः प्रयास गरिन लागिएको हो ।

सो चटयाङबाट घाइते अवस्थामा नै सोही क्षेत्रमा अलपत्र अवस्थामा रहेका उनीहरूलाई आज फेरी उद्धारको प्रयास गरिने प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए । ‘मौसमको खराबीका कारण आजसम्म उद्धार गर्न सकिएको छैन, मंगलबार बिहान पुनः उद्धारका लागि प्रयास गर्नेछौ’ उनले भने ।

सो चटयाङमा परेर दुहुँ गाउँपालिका-१ पिपलचौरीका ३७ वर्षीय आनसिंह महरा र उनकी ३० वर्षीया श्रीमती मानमती महरा तथा सोही गाउँपालिका-२ हिकिलाका १८ वर्षीय महेश बडालमाथि चटयाङ परे पछि तीनै जना घाइते भएका थिए ।

व्यास गाउँपालिका-२ हुम्दुम्तीमा चटयाङ लागेर घाइते भएका तीनैजनालाई सोमबारसम्म मलकोट भन्ने स्थानसम्म ल्याई पुर्‍याइएको छ तर उनीहरूको उद्धारका लागि सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकप्टर सदरमुकाम खलङ्गा भन्दा बाहिर निस्कन सकेको छैन् ।

हिजो मौसमका कारण सो हेलिकोप्टर त्यहाँ भन्दा बाहिर निस्कन नसके पनि मंगलबार बिहान भने मुलकोट नै पुगेर घाइतेहरूलाई ल्याउने तयारी रहेको प्रजिअ जोशीले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार