शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथमा बालमैत्री कक्षाकोठा व्यवस्थापन सम्बन्धी तालिम

जगन्नाथमा बालमैत्री कक्षाकोठा व्यवस्थापन सम्बन्धी तालिम

  • शुक्रबार, बैशाख २९, २०८०
जगन्नाथमा बालमैत्री कक्षाकोठा व्यवस्थापन सम्बन्धी तालिम

बाजुरा — जगन्नाथ गाउँपालिकामा बालमैत्री कक्षाकोठा व्यवस्थापन तथा संगठन तालिम संचालन गरिएको छ । जगन्नाथ गाउँपालिकाको समन्वय  तथा प्याराडाइज नेपाल आर्थिक सहयोगमा सो तालिमको आयोजना गरिएको हो । ६ दिन सम्म संचालन हुने तालिम २८ गते देखी संचालन गरिएको जगन्नाथ गाउँपालिका वडा नम्मर ५ का वडा अध्यक्ष गौरी शार्कीले बताएका छन ।
जेठ २ गते सम्म संचानलन हुने बालमैत्री कक्षाकोठा व्यवस्थापन तथा संगठन तालिममा जगन्नाथ गाउँपालिका कक्षा १ देखी ८ सम्म अध्यापन गराउने १० बिद्यालयका ६२ जना शिक्षक शिक्षिकाहरु सहभागीता रहेको वडा अध्यक्ष शार्कीले बताएका छन । महादेव आधारभुत बिद्यालयका बिद्यलय ब्यबस्थापन समितिका अध्यक्ष सितल सिहंको अध्यक्षतामा संचालन भएको तालिमको उद्यघाटन प्रमुख अतिथि जगन्नाथ गाउँपालिका अध्यक्ष काली बहादुर शाही रहेका थिए । कार्यक्रमका बिशिस्ट अतिथि जगन्नाथ गाउँपालिका . उपाध्यक्ष मरुकला बिष्ट र  जगन्नाथ गाउँपालिका सामाजिक बिकास समिति संयोजक तथा वडा नं.५ का वडा अध्यक्ष गौरी सार्की रहेका थिए ।
तालिम जगन्नाथ गाउँपालिका वडा न ३ को महादेव आधारभुत बिद्यालयमा संचालन गरिएको छ । तालिममा भवानी आधारभुत बिध्यालय, बिरुवा आधारभुत बिध्यालय, महादेव आधारभुत बिध्यालय, बालकल्याण आधारभुत बिध्यालय, दुधेशिल्ला आधारभुत बिध्यालय, खिरारुख आधारभुत बिध्यालय, बालबिकाश आधारभुत बिध्यालय, मालिका आधारभुत बिध्यालय, धलपुरा आधारभुत बिध्यालय र सरोस्वती आधारभुत बिध्यालयका शिक्षक शिक्षकाहरुको सहभागीता रहेको आयोजकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार