शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • पाकिस्तान : पूर्व मानवअधिकार मन्त्री शिरिन मजारी पक्राउ

पाकिस्तान : पूर्व मानवअधिकार मन्त्री शिरिन मजारी पक्राउ

  • शुक्रबार, बैशाख २९, २०८०
पाकिस्तान : पूर्व मानवअधिकार मन्त्री शिरिन मजारी पक्राउ

पाकिस्तानकी पूर्व मानवअधिकार मन्त्री शिरिन मजारीलाई उनको घरबाट हिरासतमा लिइएको छ । पाकिस्तान तहरीक–ए–इन्साफले पार्टीकी वरिष्ठ नेता शिरिन मजारीलाई शुक्रवार बिहान इस्लामावाद पुलिसले हिरासतमा लिएको जनाएको छ । मजारीकी छोरी र एक वकिल इमान हाजिर–मजारीले ट्विटरमा एउटा भिडियो साझा गरेका छन् जसमा पाकिस्तानी पूर्व मन्त्रीलाई पक्राउ गर्न सादा लुगा लगाएका केही पुरुष जबरजस्ती उनको घरमा प्रवेश गरिरहेको देखिएका छन् ।

ट्विटरमा अर्को एउटा भिडियो सार्वजनिक भएको छ जसमा इस्लामाबाद प्रहरीले शिरिन मजारीलाई एउटा कारमा राखेर उनको घरबाट कतै टाढा लैजाँदै गरेको देख्न सकिन्छ ।

गाडीमा बसेर शिरिन मजारीले भनिन्, ‘आतङ्कवाद चल्दैन, कति जनालाई समात्छौँ र मार्छौ । यिनीहरूले के गरिरहेका छन्, हामीलाई थाहा छैन ।’

भिडियो पोस्ट गर्नुभन्दा केही समयअघि मजारीकी छोरीले करिब ५० जना प्रहरी आफ्नो घरभित्र पस्ने प्रयास गरिरहेको बताएकी थिइन् ।

चर्चामा

सम्बन्धित समाचार