शुक्रबार, जेष्ठ ११, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा निकट युवा संगठन नेपालको पहिलो जिल्ला सम्मेलन सम्पन्न

नेकपा निकट युवा संगठन नेपालको पहिलो जिल्ला सम्मेलन सम्पन्न

  • बुधबार, बैशाख २७, २०८०
नेकपा निकट युवा संगठन नेपालको पहिलो जिल्ला सम्मेलन सम्पन्न

बाजुरा— नेपाल कम्नियूष्ट पार्टी निकट युवा संगठन नेपाल बाजुराको पहिलो जिल्ला सम्मेलन बाम्का बजारमा सम्पन्न भएको छ । सम्मेलनबाट प्रेम नेपाली अध्यक्ष हुने गरी ९ सदस्यि समिति गठन गरिएको जनाएको छ ।
जिल्लाको बुढिगंगा नगरपालिकाको बाम्का बजारमा सम्पन्न भेलाले अध्यक्षमा प्रेम नेपाली, सचिव अनिल उखेडा, सदस्य बिकास कुँवर, नरेन्द्र नेपाली लगायत ९ सदस्यि समिति गठन गरिएको नेपाल कम्नियूष्ट पार्टीका केन्द्रीय सदस्य तथा बाजुरा जिल्ला इन्चार्ज भुपेन्द्र विक एण्डोजले बताएका छन ।
युवा संगठन नेपालको पहिलो सम्मेलन स्वर्णिम समाजबादीको अध्यक्षता संचालन गरिएको जनाईएको छ । आकाश समाजबादीको प्रमुख आतिथ्यमा संचालन भएको कार्यक्रमको सन्चालन भुपेन्द्र विकले गरेको आयोजकले जनाएको छ । सो कार्यक्रममा अतिथिमा लोकेश सि लगायत ३० जना भन्दा बढिको उपस्थिती रहेको नेपाल कम्नियूष्ट पार्टीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार