मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • बल्दे अम्कोट बैकल्पीक सडकको स्तरोन्नतीका लागि तत्काल पहल गर्छु: सांसद पाण्डे

बल्दे अम्कोट बैकल्पीक सडकको स्तरोन्नतीका लागि तत्काल पहल गर्छु: सांसद पाण्डे

  • मङ्लबार, बैशाख २६, २०८०
बल्दे अम्कोट बैकल्पीक सडकको स्तरोन्नतीका लागि तत्काल पहल गर्छु: सांसद पाण्डे

बाजुरा– बाजुराको साँफे-मार्तडी सडक खण्ड अन्तरगत बाजुराको अम्कोटमा बैकल्पिक मार्ग ट्रयाक खोल्ने काम सम्पन्न भएसंगै त्यसको स्तरोन्नतीका लागि पहल गरिहेको बाजुराका सांसद बद्री पाण्डेले बताएका छन । मंगलबार  बैकल्पीक मार्गको अनुगमन गर्न पुगेका प्रतिनिधी सभा सदस्य पाण्डेले यस्तो बताएका हुन ।

बुढिगंगा नगरपालिकको प्रयासमा बैकल्पीक सडक खोल्ने कार्य सम्पन्न पश्चात चासोको रुपमा लिएर सदरमुकाम सम्मको यातायात बाह्रै महिना संचालनमा ल्याउन पहल गरिहेको र सो सडकको स्तरोन्नतीका लागि आबस्यक बजेटको ब्यबस्थापन गर्न लागी परेकाे प्रतिनिधी सभा सदस्य पाण्डेले प्रतिबद्धता जनाएका छन ।
पुरानो मार्ग चार बर्ष देखी बर्षातमा चार देखी पाँच महिना सम्म सडक अबरोध हुने भएकाले बुढिगंगा नगरपालिकाको पहलमा सडक बिभागले बैकल्पिक मार्ग खोल्न शुरु गरेको थियो । हरेक बर्ष बर्षाको समयमा साफेँ मार्तडी सडक अबरोध भई सदरमुकाम सम्मको आवतजावतमा समस्या हुँदै आएकोमा अव बैकल्पीक मार्गले सहजता हुने बुढिगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बाँनियाले बताए ।
बुढिगंगा नगरपालिकाको पहलमा सडक डिभिजन कार्यलय साँफेबगर अछामले गत साउन २३ गते बैकल्पिक सडक खोल्नका लागि काम शुरु गरेर काम सम्पन्न भइसकेको र त्यसको स्तरोन्तीका लागि मंगलबार संघिय सांसद बद्री पाण्डे, नगर प्रमुख राम बहादुर बानिया, हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द बहादुर मल्ल सडक डिभिजन कार्यालय अछामका प्रमुख बिवस बस्नेत प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का लगायतको टोलीले अनुगमन गरेकोे नगर प्रमुख बानियाले बताए ।
बुढिगंगा नगरपालिका वडा न १ अन्तर्गत ,बल्दे अमकोट सडक खण्डको बैकल्पिक मार्गको कटिङ्गको काम सम्पन्न भएको छ । अब यसको दीर्घकालीन समाधान गर्न स्तरोन्नती लागि विभिन्न प्रयास जारि रहेको र सडकको स्तरोन्नती गर्न प्रदेश सरकार र संघिय सरकारको आबस्यक सहयोग रहने नगर प्रमुख बानियाले बताएका छन ।

अझै बर्साद लाग्न दुई महिना बाकी छ यो समयमा सबैले आ आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गरि सडक निर्माण तथा स्तरोन्नतीका लागि पहल गरे यो बर्षदेखी सदरमुकाम सम्मको यातायात अबरोध नुहने नगर प्रमुख बानियाले बताएका छन । बैकल्पीक मार्गको निर्माण कार्य प्रतिक निर्माण सेवा बाजुराले गरेको थियो ।

सडकमा गाडी परिक्षण समेत भइसकको प्रतिक सेवाका प्रो प्राइटर जनम धामीले बताएका छन । चार बर्षपछि वैकल्पिक मार्ग निर्माणको कामको सुरुवातीले जिल्ला बासीमा केही आशाको तरंग फैलिएको छ ।

चर्चामा

सम्बन्धित समाचार