शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • बिदेशिको आसिर्वादमा यहाँ सरकार हुन्छन्

बिदेशिको आसिर्वादमा यहाँ सरकार हुन्छन्

  • आइतवार, बैशाख २४, २०८०
बिदेशिको आसिर्वादमा यहाँ सरकार हुन्छन्

मन्त्रीलाई कानुन्ले छुनथाल्यो फरार हुन्छन्।
बिदेशिको आसिर्वादमा यहाँ सरकार हुन्छन्।

लगाम अर्कैको हातमा यस्तो अबस्था देशको,
तस्करहरू सँग आफु जोगिने आधार हुन्छन्।

आखिर केछैन बिकाउ यो देशमा लाज नीति,
जो सँग केही पावर हुन्छ उनै भ्रष्टचार हुन्छन्।

तिमी र म परदेशबाट देशको हितमा कराउँछौँ,
देश भित्र तस्करकै पक्षमा धेरै अखबार हुन्छन्।

थाहा छ समाज छिया-छियापार्ने श्रोत केहोला,
रूढिवाद र कुरितीहरू समाजिक दरार हुन्छन्।

तिम्ले पसिना बगायौ रगत बगाए सहिदहरू ले,
ए देशभक्त हो याहाँ त लासमा व्यापार हुन्छन्।

चर्चामा

सम्बन्धित समाचार