शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • कला /साहित्य
  • क्रान्तिको आवरणमा कोही तस्कर भयो

क्रान्तिको आवरणमा कोही तस्कर भयो

  • शनिबार, बैशाख २३, २०८०
क्रान्तिको आवरणमा कोही तस्कर भयो

क्रान्तिको आवरणमा कोही तस्कर भयो,
कोही उनैको छत र छाँयामा निर्भर भयो।

के बिस्वास गरौँ छैन मज्दुर भित्र एकता,
उन्का राजधानी भित्र ठुलठुला घर भयो।

हिंजो बर्गशङ्घर्ष मै लेखिएको पुस्तिका,
घांटिमै झुण्डिएको घांडो जस्तै डर भयो।

ज्यान गुमाए जनताले बिकाशका लागी,
खोला बिके आज न शुरक्षित बगर भयो।

देशभक्ति आवरण भित्र दलाल लुकेपछि
आज यो देशभित्र न सहिदकै कदर भयो।

तिमिले राजनीति गर नगर देशको चिन्ता,
किन की तिमिलाई देश भुट्ने रहर भयो।

चर्चामा

सम्बन्धित समाचार