• होमपेज
  • समाचार
  • बजेट अधिवेशन आइतबारबाट सुरु हुँदै

बजेट अधिवेशन आइतबारबाट सुरु हुँदै

  • शनिबार, बैशाख २३, २०८०
बजेट अधिवेशन आइतबारबाट सुरु हुँदै

काठमाडौँ- संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक भोलि आइतबारदेखि सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको बैठक आह्वान गरेका हुन् ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक दिउँसो ४ बजे बस्ने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जानकारी दिएका छन् ।

आगामी जेठ १५ गते आउने आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट तथा सोअघिका नीति तथा कार्यक्रमबारे दुवै सदनका बैठकमा प्रारम्भिक छलफल हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार