शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश ६
  • कर्णाली बेलीबृज निर्माण कार्य सम्पन्न, कर्णालीका सासंद महेन्द्र शाहीद्धारा उद्धघाटन

कर्णाली बेलीबृज निर्माण कार्य सम्पन्न, कर्णालीका सासंद महेन्द्र शाहीद्धारा उद्धघाटन

सुदुर पश्चिमकाे खप्तड देखी र कर्णालीकाे रारा जोडीदै

  • शुक्रबार, बैशाख २२, २०८०
कर्णाली बेलीबृज निर्माण कार्य सम्पन्न, कर्णालीका सासंद महेन्द्र शाहीद्धारा उद्धघाटन

बाजुरा — बाजुरा र मुगुको बिचमा रहेको कर्णाली  नदिमा बेलीबृज निर्माण कार्य सम्पन भए स‌गै बेलीबृज संचालनमा आएकाे छ ।  बने संगै सुदुर पश्चिमको खप्तड देखी र कर्णालीकाे रारा सम्म जाेडीने भएकाे हाे  । रारा राजमार्ग जोड्ने झुगलाको वेलिविर्ज पुलको पुल निर्माण कार्य सम्पन्न भए पश्चात एक कार्यक्रमको आयोजना गरी कर्णाली प्रदेश सरकारका प्रथम मुख्य मन्त्री तथा प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले ब्यानर वाचन गरेर बेलिबृजकाे उद्धघाटन गरेका छन । बेलीबृज संचालनमा आएसंगै रारा र खप्तडको सम्बन्ध नजिक हुने भएको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राज बहादुर भण्डारीले बताए ।

No description available.

कर्णाली प्रदेश सरकार र खत्याड गाउँपालिका मुगुको संयुक्त लगानीमा निर्माण सम्पन्न भएकाे खत्याड गाउँपालिका अध्यक्ष अज बहादुर शाहीले बताए । बाजुरा, हुम्ला र मुगुलाई जोड्ने गरी निमाणर् भएको २४ टन भार क्षमताको झुगला बेलिब्रिजको निमाणर् कार्य सम्पन्न भए सँगै बिहिबार उद्धघाटन गरीएको खत्याड गाउँपालिका अध्यक्ष  शाहीले बताए । कर्णाली प्रदेश सरकार र खत्याड गाउँपालिका मुगुको ३ करोड ५९ लाख ५८ हजार २३ रुपैया ६ पैसा संयुक्त लागतमा बेलिब्रिजको निमाणर् भएको खत्याड गाउँपालिकाका अध्यक्ष शाहीले बताएका छन ।

कणर्ली नदिमा बेलीबृज बनेसंगै रारा-खप्तड पर्यटकीय क्षेत्रकाे बिकासमा टेवा पुग्ने भएकाे जानकारहरु बताउछन । सुदूरपश्चिम प्रदेशको पर्यटकीय क्षेत्र खप्तडदेखि कर्णाली प्रदेशकै मुख्य पर्यटकीय स्थल रारा जोड्ने गरी पर्यटन मार्गको रूपमा रहेको बाजुराको हिमाली गाउँपालिकाको झुगाला र मुगुको खत्याड गाउँपालिकाको सुकाडिकमा बृलीबृज निर्माण भए संगै त्यँहाका नागरिक र पर्यटकका लागि सहज हुने हिमाली गाउँपालिकाका अध्यक्ष गाेबिन्द बहादुर मल्लले बताए ।

No description available.

२०८० असार २५ सम्म काम सम्पन्न गर्ने गरी जलप रवी चक्र जेभि निर्माण कम्पनिले ३ करोड ३५ लाख २ सय ९३ रुपंैया ५ पैसामा सम्झौता गरेको थियो । गत २०७८ पुष ८ गते निमाणर्का लागि सम्झौता भएको वेलिव्रिजको २०८० बैशाख १० गते निमाणर् सम्पन्न भएको खत्याड गाउँपालिकाले जनाएको छ । सम्झाैता सम्पन्न मिति भन्दा दुई महिना अगावै ३ करोड ५९ लाख ५८ हजार २३ रुपैया ६ पैसा लागतमा पुलको निमाणर् कार्य सम्पन्न भएको कम्पनिले जनाएको छ ।
कर्णाली प्रदेश सरकार र खत्याड गाउँपालिकाको संयुक्त लागतमा ६० मिटर ९७ सेन्टीमिटर लम्वाई र करीव तीन मिटर चाैडाईमा पुल निर्माण भएको जनाईएको छ । बाजुरा हुम्ला र मुगु जोड्ने झुगलामा वेलव्रिज पुल निर्माण भए पछि स्थानियलाई आवत जावतमा सहज हुने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार