सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • बाजुराको मुक्तिकोटमा १ बर्षमा ८ जना बालवालिकाको कुपोषणले मृत्यु

बाजुराको मुक्तिकोटमा १ बर्षमा ८ जना बालवालिकाको कुपोषणले मृत्यु

  • बुधबार, बैशाख २०, २०८०
बाजुराको मुक्तिकोटमा १ बर्षमा ८ जना बालवालिकाको कुपोषणले मृत्यु

लक्ष्मीराज पाध्याय– कुपोषणको कहरका रुपमा चिनिने बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोट गाउँमा २०७९ सालमा ८ जना बालवालिकाको मृत्यु भएको छ । सधैका बर्षमा कुपोषणले यो गाउँमा बालवालिकाको मृत्यु हुने गरेको छ । गत बर्षमा पनि ८ जनाको मृत्यु भएको अनमि जानकी न्यौपानेले वताएकि छन् ।
स्थानिय जानकी विकको ३ बर्षको छोरा टिका बिक, शान्ति विकको ४ बर्षको छोरा प्रकाश विकको मृत्यु भएको हो । त्यस्तै मदन विककी १२ दिनकी छोरी, मुना विकको १३ दिनको छोरा र बाटुली विकको २१ दिनको छोराको मृत्यु भएको स्वास्थ्यकर्मीले वताएका छन् । त्यस्तै जीवना विककी १ महिनाकी छोरी, रिना विक ४ महिनाको छोरा र फुङ्गली विकको ५ महिनाको छोरीको मृत्यु भएको छ । बच्चाहरुको मृत्यु भइसकेको छ, आमा भने कडा कुपोषणको शिकार रहेका छन् ।
आफुहरुलाइ जानकारी भए सम्म ८ जनाको बालवालिकाको मृत्यु भएको छ, गाउँमा अन्य बालवालिकाको पनि मृत्यु भएको हुन सक्ने मुक्तिकोटमा रहेको आधारभुक्त स्वास्थ्य केन्द्रले वताएको छ । प्रत्येक बर्षमा दर्जन भन्दा बढी बालवालिकाको मृत्यु भएपनि राज्यको ध्यान भने जान सकेको छैन् ।
२०७८ सालमा बिभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित पछि गाउँपालिकाले कुपोषणका बारेमा अध्ययन गरेको थियो । मुक्तिकोट गाउँका ३ सय ८ परिवारमा निकै कुपोषण दर निकै रहेको प्रतिवेदनमा उल्लेख गरेको थियो । स्वास्थ्यकर्मी टोली गाउँमा पुगेर चेकजाँच गर्दा ३ सय ४३ जना कुपोषित रहेको गाउँपालिकाले जनाएको थियो । जसमा २३ जना भने कडा कुपोषण र ५५ जना मध्यम कुपोषणको चपेटामा रहेको पाईएको हो ।
२ सय ४३ जना प्रजनन आमालाई मध्ये २९ जना अति कुपोषित र ७१ जना मध्यम कुपोषित रहेको पालिकाका सुचना अधिकारी कुबेर बहादुर शाहिले वताएका छन् । त्यस्तै १० देखी १४ बर्ष सम्मका किशोर र किशोरीलाई जाँच गर्दा १२ जना अति कुपोषित, ५३ जना मध्यम र ५६ जना सामान्य कुपोषित रहेको स्वास्थ्यकर्मीले वताएका छन् । १५ बर्ष देखी १९ बर्षका किशोर र किशोरीलाई जाँच गर्दा २ जना अति कुपोषित, ३० जना मध्यम, २९ जना सामान्य कुपोषित रहेको पाईएको हो ।
स्वास्थ्य कार्यलय बाजुराका अनुसार मुक्तिकोटमा ४१ प्रतिशत कुपोषित बालवालिका रहेको वताएका छन् । मुक्तिकोटमा उच्च प्रजनन दर, उच्च बाल मृत्यु दर, परिवार नियोजन को साधन को प्रयोग न्यून रहेको स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ ।
मुक्तिकोटमा कुपोषणले बर्षेनी बालवालिकाको मृत्यु भइरहेपनि शुदुरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष ०७९।०८० का लागि शुन्य बजेट छुट्याएको पाइएको थियो । मुक्तिकोटको कुपोषण न्युनिकरण तथा स्वास्थ्यको लागि शुन्य छुट्याउने प्रदेश सरकारले बाजुरामा मात्र मन्दिर र पदमार्गका नाममा करोडौ बजेट छुट्याएको पाईएको छ ।
जिल्लाभरी मन्दिर र पदमार्ग गरेर २५ योजना रहेका छन् । २५ योजनाका लागि २ करोड १७ लाख बिनियोजन गरेको पाइएएको छ । मन्दिर निर्माणका लागि मात्र १ करोड छुट्याइएको पाईएको छ । जसमा १३ वटा योजना मन्दिर निर्माण मात्र रहेका छन् ।
मन्दिरमा करोडौ बजेट बिनियोजन गरेको शुदुरपश्चिम सरकारले मुक्तिकोटको कुपोषणा न्युनिकरण शुन्य बजेट छुट्याउनुले सरकारले पनि व्यवस्ता गरेको नागरिक अगुवाले वताएका छन् । मुक्तिकोट गाउँमा निकै कुपोषणको भयावह अबस्था छ, राज्य भने बेखबर बनेको  वताए । शुदुरपश्चिम प्रदेश सरकारले २ सय ९४ मन्दिर बनाउन २३ करोड २१ लाख विनियोजन गरेको गरेको छ । अभाब र गरिबिको चपेटामा परेको मुक्तिकोटमा शुन्य रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार