बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • कला /साहित्य
  • जो सहिद भएका थिए यही देशको लागी

जो सहिद भएका थिए यही देशको लागी

  • बुधबार, बैशाख २०, २०८०
जो सहिद भएका थिए यही देशको लागी

जो सहिद भएका थिए यही देशको लागी उनै,
बनेकैछन् उपहासका श्रोत आज अभागी उनै।

रगतमा पौडेर त्यो चुम्यो सिखर गर्यो राष्ट्ररघात,
लगाएर ताज टाउकामा सबै सिमाना नागी उनै।

छाँड्छन् देश बिदेशमा दर्शन्का गफ डाँकाहरू,
पोलेर दार्शनिक बिचारहरू लाई बने दागी उनै।

कुहिराको काग भयो क्रान्तिको बिउ छैन याहाँ,
अवसरबादी को हातमा गएछ लगाम धागी उनै।

अती भयो खती पनी हुन्छ जाग्छ मुर्दाको बस्ती,
लिन्छन् बद्ला कुनै दिनमा मुर्दाहरू जागी उनै।

चर्चामा

सम्बन्धित समाचार