दार्चुला– दार्चुलाको हिमपहिरोमा परेका सात जना सम्कर्पमा आएका छन्। जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार सात जना सम्कर्पमा आएका हुन्। जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर १ बोलिनमा गएको हिमपहिरोमा पाँच जना अझै बेपत्ता छन्। चार जना महिला र एकजना पुरूष अझै सम्पर्कमा आएका छैनन्। उनीहरु सबैको परिचल खुलेको छैन।
उनीहरु मध्ये डोटीको जोरायल गाउँपालिकाको बुडका तीन महिला तथा दार्चुलाको दुहुँ गाउँपालिका वडा नम्बर ४ पोख्सेका एक महिला र एक पुरुष रहेका छन्। १२ जनाको समूहमा रहेका उनीहरु सबै हिमपहिरोमा परेका थिए। ब्याँसमा अहिले पनि वर्षा र हिमपात जारी छ।
उद्धारका लागि हेलिकोप्टर पठाउन सक्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन्। मंगलवार दिउँसो २ बजेर ४५ मिनेटमा गएको हिमपहिरोमा यार्सागुम्बा टिप्न गएका सर्वसाधारण परेका थिए।