शनिबार, असार २०, २०८३
  • होमपेज
  • समाज
  • हत्याको ११ दिनपछि निराको अन्त्येष्टि

हत्याको ११ दिनपछि निराको अन्त्येष्टि

  • मङ्लबार, बैशाख १९, २०८०
सेयर गर्नुहोस् :
हत्याको ११ दिनपछि निराको अन्त्येष्टि

काठमाडौं– ७ वैशाखमा हत्या भएकी काठमाडौं कपन सरस्वतीनगरकी निरा पाण्डे आचार्यको सोमबार अन्त्येष्टि गरिएको छ । प्रहरीले आइतबार हत्यामा संलग्नको आरोपमा झापाबाट विनोद बिकलाई पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले निराको घर पक्षका आफन्तसँग छलफल गरेर शव जिम्मा लगाएको हो ।

तर माइती पक्षले भने प्रहरीको अनुसन्धानमा चित्त नबुझेको भन्द अन्त्येष्टिमा सहमति जनाएको छैन । निराको सोमबार साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको आफन्त प्रकाश श्रेष्ठले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार