शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथ गाउँपालिकामा संचालित आँखा शिविरबाट ७ सय बढि लाभान्वित

जगन्नाथ गाउँपालिकामा संचालित आँखा शिविरबाट ७ सय बढि लाभान्वित

  • आइतवार, बैशाख १७, २०८०
जगन्नाथ गाउँपालिकामा संचालित आँखा शिविरबाट ७ सय बढि लाभान्वित

बाजुरा– जगन्नाथ गाउँपालिकाको आयोजना र गेटा आँखा अस्पताल धनगढी,कैलालीको समन्वयमा संचालित आँखा शिबिरबाट ७ सय भन्दा बढि लाभान्वित भएका छन । जगन्नाथ गाउँपालिकामा बैशाख १४ देखि १६ गते सम्म शिबिर संचालन गरिएको थियो । बिरामीहरुको सहजताका लागि जगन्नाथ स्वास्थ्य चौकी लुमा , हुनीमहती स्वास्थ्य चौकी, महती र सामुदायीक स्वास्थ्य इकाई डाडाँखर्कमा संचालन भएको शिविरमा ७ सय ५० जनाले सेवा लिएको जगन्नाथ गाउँपालिकाले जनाएको छ ।

जसमा ३ सय ८० महिला र ३ सय ७० जना पुरुषले आँखाको चेकजाँच, परामर्श र चम्मा प्राप्त गरेको जगन्नाथ गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन । आँखा शिविरमा बिरामीहरुलाई रोगका आधारमा औषधी र चश्मा निशुल्क रुपमा वितरण गरिएको रोजगार संयोजक जोशीले बताएका छन । न्युन दृष्ट्रि भएका, दृष्ट्री गुमाएका, मोतियाबिन्दु भएका र बिषेश खालका आँखाको रोग लागेका ९१ जना बिरामीहरुलाई अप्रेशनका लागि कोल्टिमा रिफर गरिएको जोशीले बताए ।

रिफर गरिएका बिरामीहरुलाई बैशाख २४ देखि २६ गते बुढीनन्दा नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्र, कोल्टीमा संचालन हुने शिविरमा निशुल्क अप्रेशन र बिरामीहरुको सहजताका लागि गाउँपालिकाले सम्बन्धित वडाबाट प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी र कोल्टीबाट घर सम्म बिरामी र कुरुवालाई यातायातका व्यवस्था गरिएको गरिने जगन्नाथ गाउँपालिकाले जनाएको छ ।
आँखा शिविरमा गेटा आँखा अस्पतालका नेत्र सहायक रामचन्द्र खड्का र रामचन्द्र जैसीले ७ सय ५० जनाको चेकजाँच गर्दा २ जना बच्चाहरुमा जन्मजात अन्धोपन देखिएको जगन्नाथ गाउँपालिकाले जनाएको छ । उनिहरुको आँखामा ज्योति फर्काउनका लागि कोल्टीमा उपचार सम्भव भए कोल्टीमा र कोल्टिमा आँखाको ज्योति नआएमा गाउँपालिकाले थप उपचारका लागि गेटा आँखा अस्पताल पुर्याउनका गाउँपालिकाले सहयोग गर्ने गाउँपालिकाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार