सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • नेपाल प्रहरीका १३ डीआईजीको कहाँ भयो पदस्थापन ?

नेपाल प्रहरीका १३ डीआईजीको कहाँ भयो पदस्थापन ?

  • बुधबार, बैशाख १३, २०८०
नेपाल प्रहरीका १३ डीआईजीको कहाँ भयो पदस्थापन ?

काठमाडौँ— नेपाल प्रहरीका १३ प्रहरी नायब महानिरीक्षकहरूको पदस्थापन भएको छ । नेपाल प्रहरीले १३ डीआईजीहरूको बुधबार पदस्थापन गरेको हो । उनीहरू हालै बढुवा भई पदसस्थापन भएका हुन् ।

डीआईजी विष्णुकुमार केसीको प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा पदस्थापन गरिएको छ । भरतबहादुर बोहरालाई सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीमा पदस्थापन गरिएको छ भने रविन्द्र केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा पदस्थापन गरिएको हो ।

राजेशनाथ बास्तोलालाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पदस्थापन गरिएको छ भने चन्द्रकुवेर खापुङलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पठाइएको छ ।

को कहाँ ?

बिष्णुकुमार केसी – नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्साल

भरतबहादुर बोहरा – सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलाली

रविन्द्र केसी – राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज

राजेशनाथ बास्तोला- कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर

चन्द्रकुवेर खापुङ- अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगाल, काठमाडौं

जनक भट्टराई – मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर, धनुषा

लालमणि आचार्य- काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, काठमाडौं

सुरेन्द्रप्रसाद मैनाली- अपराध अनुसान्धान निर्देशनालय नक्साल, काठमाडौं

अर्जुनचन्द ठकुरी- साइबर ब्यूरो भोटाहिटी काठमाडौं

यज्ञविनोद पोखरेल- केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंज, काठमाडौं

विकासराज खनाल- नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग निर्देशनालय, नक्साल काठमाडौं

कुवेर कडायत – प्रहरी महानिरीक्षकको सचिवालय

केदार ढकाल – प्रबन्धन निर्देशनालय

चर्चामा

सम्बन्धित समाचार