शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • त्रिवेणी
  • चेतन हत्या प्रकरणमा फरार रहेका काँग्रेस पुर्वसचिब अयडी मन्त्री साउँदको बधाइमा……

चेतन हत्या प्रकरणमा फरार रहेका काँग्रेस पुर्वसचिब अयडी मन्त्री साउँदको बधाइमा……

  • सोमवार, बैशाख ११, २०८०
चेतन हत्या प्रकरणमा फरार रहेका काँग्रेस पुर्वसचिब अयडी मन्त्री साउँदको बधाइमा……

बाजुरा — बाजुराको त्रिवेणी नगरपालिका ७ बस्ने चेतन अयडी हत्या प्रकरणमा फरार सुचिमा रहेका काँग्रेस बाजुराका पुर्वसचिब रङ्गसिं अयडी परराष्ट्र मन्त्रि एनपी साउदको बधाइ कार्यक्रममा सहभागि भएको फोटो सार्वजनिक भएको छ । प्रहरीको फरार सुचिमा रहेका अयडि भर्खरै नियुक्ति भएका नेपाली काँग्रेसका नेता तथा परराष्ट्र मन्त्रि एनपी साउदलाइ बधाइ दिने काठमाडौको एक कार्यक्रममा उनको फोटो सार्वजनिक भएको हो ।
फरार सुचिमा रहेका अयडिको फोटो सार्वजनिक भएपनि प्रहरीले भने उनलाइ अहिले सम्म प्रक्राउ गर्न नसकेको चेतनका आफन्तले बडीमालिका खबरलाइ बताएका छन् । फोटो सार्वजनिक हुने बित्तिकै उनी काठमाडौमा लुकेर बसेको प्रहरीलाइ खबर भएपनि प्रहरीले भने प्रक्राउ गर्न आनाकानी गरिरहेको चेतन अयडीका बुवा गगन अयडिले बडीमालिका खबरलाइ बताएका छन् ।
चेतन अयडी हत्या प्रकरणमा प्रक्राउ परेका ९ जनालाइ पुर्वपक्षका लागी जिल्ला कारागार बाजुरा चलान गरेको छ । किटानी जाहेरी परेका २४ जना मध्ये ९ जनालाइ प्रहरीले प्रक्राउ गरि अदालत पेश गरेको थियो ।
जिल्ला अदालत बाजुराले थुन चेक आदेश मार्फत ९ जनालाई पुर्वपक्षका लागि कारागार चलान गरेको जिल्ला अदालत बाजुरा श्रेष्तादार पुष्पराज पाण्डेले बडिमालिका खबरलाइ बताएका छन् । सरकारी वकिल कार्यलय बाजुराले २४ जना बिरुद्ध जन्मकैद माग दाबी सहित जिल्ला अदालत बाजुरामा उजुरी दर्ता गरेको थियो ।
२४ जना मध्ये ९ जना मात्र प्रक्राउ गरेको बाँकि १५ जना फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत बाजुराले बाँकि १५ जनालाइ ३० दिन भित्र अदालतमा हाजिर हुन पत्रचार सँगै वारेन्ट जारि गरेको भएपनि उपस्थित हुन सकेको छैन् । पटक पटक म्याद थप भएपनि फरार रहेको अदालतमा उपस्थित नभएको जिल्ला अदालत बाजुराले जनाएको छ ।
मंसिर ४ गते भएको संघ र प्रदेशको चुनावको दिनमा काँग्रेसका एक कार्यकर्ताले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले गोली चलाएको थियो । मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानिय सञ्जिव अयडीको मृत्यु भएको थियो । सञ्जिवको छातिमा गोलि लागेर घटना स्थलमै मृत्यु भएको थियो । सञ्जिवको मृत्यु पछि चेतनको घरमा पुगेर चेतनलाइ कुटपिट गरि हत्या गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार