शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • जगन्नाथ
  • माथिल्लो कर्णाली जल महोत्सव : त्रिदेशीय नाका सडक निर्माण र विकासमा जोड

माथिल्लो कर्णाली जल महोत्सव : त्रिदेशीय नाका सडक निर्माण र विकासमा जोड

  • शुक्रबार, बैशाख ८, २०८०
माथिल्लो कर्णाली जल महोत्सव : त्रिदेशीय नाका सडक निर्माण  र विकासमा जोड

बाजुरा– बाजुराको उत्तरी भेग कुन्ना क्षेत्रमा आयोजित माथिल्लो कर्णाली जल महोत्सव २०८० को  समापन गरिएको छ । विकास र समृद्धिको आधार निर्माणका रुपमा आयोजना गरिएको महोत्सव ९ बुँदे कुन्ना घोषणा पत्र जारी गर्दै सकिएको छ । हिमाली गाउँपालिका र स्वामिकात्र्तिक खापर गाउँपालिकाको सयुक्त आयोजना र नेपाल पर्यटन बोर्ड लगायतका निकायसँगको सहकार्यमा महोत्सव २०८० बैशाख ४ देखि ७ गतेसम्म ४ दिन सञ्चालन गरिएको थियाे ।
स्थानीय कला, सँस्कृतिको प्रवद्र्धन, कर्णाली जल पर्यटनको संभावनाको अध्ययन र रैथानी बालीको संरक्षण तथा पहिचानका लागि आयोजित महोत्सवले कुन्ना क्षेत्रको विकास र समृद्धिका प्रमुख संभावना समेटिएको ९ बुँदे घोषणा पत्र जारी गरेको हिमाली गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् ।

जारी घोषणा पत्रमा कवाडी देखि चिसापानीसम्मको जल पर्यटनको संभाव्यता अध्यनन गरि कवाडीदेखि पीलुचौर पादुको सम्मको जल पर्यटनलाई व्यवसायीक रुपमा सञ्चालन गर्न सम्बन्धीत निकायसँग समन्वय र सहकार्य गर्ने विषय उल्लेख गरेको छ । कुन्ना क्षेत्रको रैथानी वाली, आलु पशुपालन र जडिबुटीको उत्पादन उपभोग र बजारिकरणका साथै संरक्षण र प्रवद्र्धनका लागि कार्यक्रमगत र नीतिगत रुपमा निरन्तर समन्वय र सहकार्य गर्ने विषयलाई पनि घोषणा उल्लेख छ । महोत्सव आयोजनामा बुढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकाले बहिष्कार गरेको आरोप लगाएका आयोजक पालिकाले बाजुराको समग्र विकास र समृद्धिका लागि साझा धारणा बनाउन राजनीतिक दलहरु बीचको आपसी सहकार्य गर्ने वातावरण निर्माणका लागि आवश्यक समन्वय गर्ने कुरालाई पनि घोषणा पत्रमा उल्लेख गरेका छन् ।

No description available.

चर्चामा

सम्बन्धित समाचार