बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • खेलकुद
  • प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड बैशाख १० देखि सञ्चालन हुदै

प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड बैशाख १० देखि सञ्चालन हुदै

  • शुक्रबार, बैशाख ८, २०८०
प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड बैशाख १० देखि सञ्चालन हुदै

टेक बहादुर बुढा– सुदूरपश्चिम प्रदेश स्तरीय १३ अौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहीँ बैशाख १० गते देखी सञ्चालन हुने भएको छ । प्रदेशका सबै जिल्लामा रनिङ शिल्ड सम्पन्न भएर खेलाडीसमेत छनाेट भइसकेकाले प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुन लागेकाे सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्ले जनाएको छ ।

प्रतियोगितामा भलिबल, तेक्वान्दो, कराते,कबवडी तथा उसु र एथलेक्टिक्स तर्फका खेल अलगअलग जिल्लामा खेलाइने बताइएको छ । प्रदेश स्तरीय रनिङ शिल्ड प्रतियोगितामा उसु र एथलेक्टिक्स तर्फका खेल यहीँ बैशाख १० र ११ गते कैलालीमा खेलाइने भएका छन । त्यस्तै कबड्डी साेहि दिन कञ्चनपुरमा, भलिबल साेहि दिन डाेटीमा, कराते अछाममा र तेक्वान्दो साेहि दिन डडेलधुरा जिल्लामा खेलाइने सुदुरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक बहादुर शिंहले बताएका छन ।

त्यस्तै बाजुराबाट प्रदेश स्तरीय रनिङ शिल्ड प्रतियोगिताका लागि ७२ खेलाडी छनोट भएका बाजुरा जिल्ला खेलकुद समितिले जनाएको छ । बाजुरामा फागुन १२ गतेदेखि १५ गते खप्तड छेडेदहमा रहेकाे दशरथ मावि मा सम्पन्न भएको १३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदेश स्तरीय प्रतियोगिताको लागि छनोट गरिएका हुन ।

चर्चामा

सम्बन्धित समाचार