शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • अप्रेशसन गरेर आमा र बच्चा बचाउने डा. जस्मिता

अप्रेशसन गरेर आमा र बच्चा बचाउने डा. जस्मिता

आफै रगत दिएर बिरामी बचाउने डा. जम्सिताको बिदाई

  • मङ्लबार, बैशाख ५, २०८०
अप्रेशसन गरेर आमा र बच्चा बचाउने डा. जस्मिता

टेक बहादुर बुढा– बिरामीको उपचार मात्र नभइ आफै रगत दिएर बिरामी बचाउने अस्पताल बाजुरामा कार्यरत डा. जस्मिता बलमपाकीको बिदाई भएको छ । २०७७ साल पौष ११ गते बाजुरा आएकी जस्मीताले बाजुरामा करिब ३ बर्ष सेवा गरेर बिदाइ भएर कैलाली गएकी छन् । जस्मिताको बाजुराको बसाईमा सधै बिरामीको मन जित्न सफल भइन् । बाजुराको बसाईमा २५ जना गर्भवती आमा र बच्चालाई अप्रेशसन गरेर ज्यान समेत बचाएकी छन् ।
२०७९ साल जेठ २८ गते बडिमालिका नगरपालिका ९ बस्ने ५१ बर्षका धन बहादुर डडालको शरिरमा रगत अभाब भएपछि जिल्ला अस्पताल बाजुरामा भर्ना भए । उनको शरिरमा रगतमा ५.१ प्वाइन्ट हेमोगोलोबिनको मात्र रहेको थियो । रगत कम भएर धन बहादुरलाई कडा रक्तअल्पता देखिएको थियो ।
रगतका लागि धन बहादुरले धेरै ठाउँमा हारगुहार गरे । तर कतै बाट पनि उनले रगत पाएनन् । धन बहादुरलाई “ए पोजेटिभ” रगतको आबश्यकता रहेको थियो । कतै रगतको ब्यबस्थापन नभएपछि अस्पतालमा कार्यरत डा. जस्मिता बलमपाकिले एक प्वान्ट रगत दिएर उनलाइ बचाएकि हुन् । उनको अबस्था निकै जोखिम थियो, आफुहरुले रगत दिनु भन्दा अरु बिकल्प नै भएन्, डा. बलमपाकीले वताईन् ।
जस्मिताले आबश्यक परेको बेला रगत नपाएर अलपत्र परेका बिरामीलाइ रगत दिएर बचाउने गरेकि थिइन् । डा. बलमपाकीले बाजुरामा धन बहादुर जस्तै धेरैलाइ उपचार मात्र नभइ रगत दिएर बिरामी बचाएकी थिइन् । जस्मिता आकस्मीक प्रस्तुती सेवा दिने तालिम प्राप्त मेडिकल अधिकृत हुन् । उनि स्वास्थ्य मन्त्रालयको सहकार्यमा निक साइमन्स इन्स्टिच्युटलले ल्क्ष्क् ९ल्ष्अप कष्mयलक क्ष्लकतष्तगतभ० जिल्ला अस्पताल बाजुरामा पठाएको थियो ।
जस्मिताले बाजुरा अस्पतालमा २५ जना गर्भवती आमाको सफल अप्रेसन गरेकि छन् । सुत्केरी हुन नसकेकी गर्भवती महिलालाई अप्रेसन मार्फत सुत्केरी गराएकि छन् । उनले गरेका अप्रेसन सबै सफल भएको र नवजात शिशु पनि सकुसल जन्मेको अस्पताल बाजुराले जनाएको छ ।
डा. जस्मिता महिला चिकित्सक हुन् । पुरुष चिकित्सक हुदा महिलाहरु खुलेर बोल्न सक्दैनन्, महिला चिकित्सक हुदा गर्भवती महिला खुलेर समस्या राख्ने गरेको अस्पतालमा कार्यरत स्टाफ नर्स निशा रोकायाले वताईन् । पुरुष चिकित्सले अप्रेसन गर्न खोज्दा महिला राम्रो सँग नखुल्ने गरेको तर महिला चिकित्सक हुदा सहज रुपमा खुलेर आफ्ना कुरा राख्ने गरेको उनले वताईन् । तर उनी बाजुरा बाट बिदाइ भएपछि महिलाको उपचार तथा स्वास्थ्य जाँचमा कमि आउने भएको छ ।
डा. जस्मिता बलमपाकीले जिल्ला अस्पताल बाजुरा भन्दा पहिला बाजुराको जगन्नाथ गाउँपालिका र गौमुल गाउँपालिकामा समेत सेवा दिइसकेको वताईन् । डा. जस्मिता ३ बर्ष देखी दुुर्गमका बिरामीको सेवा दिएकी थिइन् । दुुर्गममा चिकित्सक नबस्ने समचार आइरहँदा बलमपाकी भने बाजुराको दुुर्गम ठाउँमा सेवा दिएकि थिइन् ।
जस्मीताले उपचार मात्र गरेनन, आफै रगत दिएर बचाएको अस्पताल बाजुराले जनाएको छ । जस्मिताको योगदानले त कहिले बयान गर्न सकिन्न्, अर्को मुल्याकंन पनि गर्न सकिन्न । बाजुरा बस्दा सधै बिरामीको सेवामा लागिरहेको बडीमालिका नगरपालिका ९ का वडा अध्यक्ष धर्मराज पाध्यायले वताए । डा. जस्मिता जतिबेला पनि बिरामीकै सेवा हुन्थीइन् ।
बडीमालिका नगरपालिका नगरप्रमुख अम्मर खड्काले भने डा. जस्मीतामा कहिल्यै अहमता भएन । सधै बिरामीको सेवामा लागिरहे, उनि प्रति बिरामीको बिश्वास पनि राम्रो बढेको थियो । उनको अभाब सधै खड्किरहने वताए ।

चर्चामा

सम्बन्धित समाचार