मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • शिक्षा
  • निमावि तहको १,१६७ शिक्षकका लागि ७५ हजारको आवेदन

निमावि तहको १,१६७ शिक्षकका लागि ७५ हजारको आवेदन

  • सोमवार, बैशाख ४, २०८०
निमावि तहको १,१६७ शिक्षकका लागि ७५ हजारको आवेदन

शिक्षक सेवा आयोगले माग गरेको निम्न माध्यमिक तहको १,१६७ शिक्षकका लागि ७५ हजार ७७५ जनाको आवेदन परेको छ । आयोगका अनुसार सबैभन्दा धेरै नेपाली विषयमा आवेदन परेको छ । नेपाली विषयको ९१ पदका लागि २४ हजार १६४ आवेदन परेको छ । अंग्रेजी विषयको १५३ पदका लागि १७ हजार ३३६, गणितको १५८ पदका लागि ८ हजार ५१४, विज्ञानको २९० पदका लागि ३ हजार ८९४ जनाले आवेदन दिएका छन् ।

सामाजिक विषयको १११ पदका लागि १९ हजार ९४१, गणित विज्ञानमा ३५५ पदका लागि १८ हजार ६८ जनाको, संस्कृत भाषाको ४ पदका लागि ३८ जनाको, संस्कृत व्याकरणमा ३ पदका लागि १३ जनाको, संस्कृत कर्मकाण्डको १ पदका लागि ६ जनाको र शुक्लयुजर्वेद एक पदका लागि लागि दुई जनाको आवेदन परेको छ । आयोगको सूचना अधिकारी सुदर्शन मरहट्टा यसपटक माग गरिएको संख्या कम भएकोले आवेदन पनि कम परेको बताउँछन् ।

आयोगले निमावि तहको सामान्यतर्फको परीक्षा ९ वैशाखमा सञ्चालन गर्ने तयारी गरेको छ । शिक्षक सेवा आयोगले प्रावि तहमा ७ हजार ८८२ शिक्षक पनि माग गरेको छ । जसमा नियमित शुल्क तिरेर ८ वैशाखसम्म र दोब्बर दस्तुर तिरेर १५ वैशाखसम्म आवेदन दिन सक्ने आयोगले जनाएको छ । आइतबारसम्म ५४ हजार भन्दा बढीले आवेदन दिइसकेका छन् । प्रावि तहको सामान्यतर्फको परीक्षा जेठ २० गते सञ्चालन हुनेछ ।

मावि तहको सामान्य परीक्षामा ५१.१५ प्रतिशत उत्तीर्ण

माध्यमिक तहको शिक्षक पदका लागि आयोगले लिएको सामान्य परीक्षामा करिब आधा परीक्षार्थीमात्र उतीर्ण भएका छन् । आयोगले ७१६ रिक्त पदको लागि लिएको सामान्यतर्फको परीक्षामा सहभागीमध्ये १६ हजार ७११ उत्तीर्ण भएका छन् ।आयोगले चैत १८ गते सञ्चालन गरेको सामान्य तर्फको परीक्षामा ३२ हजार ६७० जना सहभागी भएका थिए ।

चर्चामा

सम्बन्धित समाचार