मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • समाज
  • बैतडीमा एक युवकको हत्या

बैतडीमा एक युवकको हत्या

  • आइतवार, बैशाख ३, २०८०
बैतडीमा एक युवकको हत्या

बैतडी– बैतडीमा धारिलो हतियार प्रहार गरेर एक युवकको हत्या भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका-८ कालागाउँ बस्ने अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको धारिलो हतियार प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जोशी शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा भेटिएको जानकारी दिए ।

खत्रीकाअनुसार जोशीमाथि धारिलो हतियार प्रहार भएको पाइएको छ । वासुदेवको कसले र किन हत्या गरेको हो ? भनेर खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार