बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • कोभिड र मौसमी फ्लुबाट जोगिने उपाय खोप

कोभिड र मौसमी फ्लुबाट जोगिने उपाय खोप

  • सोमवार, चैत्र २७, २०७९
कोभिड र मौसमी फ्लुबाट जोगिने उपाय खोप

काठमाडौं    –    नेपालमा पछिल्लो १ महिनादेखि मौसमी रुघाखोकी र ज्वरोका साथै कोरोना भाइरसको नयाँ भेरियन्टको प्रकोप बढिरहेको भन्दै स्वास्थ्य विज्ञहरूले खोप लगाएर सुरक्षित हुन सल्लाह दिएका छन् । कोरोनाविरुद्धको खोप निःशुल्क पाइन्छ भने मौसमी रुघाखोकी र ज्वरोको किन्नुपर्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा। शेरबहादुर पुनका अनुसार नेपालमा देखिएकोे कोभिड–१९ को नयाँ भेरियन्ट भारतमा देखिएको नयाँ भेरियन्ट जस्तै हो । कोरोनाको नयाँ भेरियन्टबाट नेपालमा पनि ४२ प्रतिशत संक्रमित भएको प्रमाणित भएको छ ।

यतिबेला मौसमी फ्लु र कोरोना भाइरस सँगसँगै फैलिरहेको भन्दै उहाँले दुवैको लक्षण र सुरक्षा नीति एउटै भएकाले संक्रमण देखिएका हरेक व्यक्तिले सकेसम्म मास्क लगाउने, साबुन पानीले हात धुनेजस्ता बिधि अपनाउनुुपर्नेमा जोड दिए ।

उनले भने– ‘अहिले देखिएको भाइरसबाट ज्येष्ठ नागरिक र दीर्घरोगीहरू अस्पतालमै भर्ना हुनुपर्ने अवस्था आएकाले विश्व स्वास्थ्य संगठनले मापदण्ड निर्धारण गरी ज्येष्ठ नागरिक र दीर्घरोगीलाई बुस्टर मात्रा खोप लगाएको ६ महिना नाघेको अवस्थामा पुनः बुस्टर मात्रा लगाउन सुझाव दिएको छ । नेपालमा यस्ता व्यक्तिहरूका लागि आवश्यकताअनुसार प्रयोग गर्न पुग्ने खोप पनि सुरक्षित छ ।’

पछिल्लो समय देखिएको कोरोना भाइरसको लक्षणमा जिउ दुख्ने, आँखा दुख्ने, स्वाद, गन्ध हराउने, खोकी लाग्ने र कतिपयलाई ज्वरो समेत आउने गरेको टेकु अस्पतालमा भर्ना भएका बिरामीहरूको लक्षणबाट पुष्टि भएको डा पुनले बताए । उनले यस्तो लक्षण देखिएमा आफू कार्यरत कार्यालय, भिडभाडमा गएन भने चेनब्रेक हुने र अरूलाई नसर्ने बताए ।

चर्चामा

सम्बन्धित समाचार