मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • समाज
  • कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

कैलालीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

  • सोमवार, चैत्र २७, २०७९
कैलालीमा  जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

  धनगढी   –     कैलालीमा  जिप दुर्घटना भएको छ ।  आइतबार सु.प. प्र. ०१००१ ज १४२३ नम्बरबको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चुरे गाउँपालिका–६ का १८ वर्षीय भानु ठकुन्नाको सेती प्रदेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यलय अत्तरियाले जनाएको छ।

मेलकट्टेश्वर मावि चुरे–६ कैलालीमा अध्ययनरत ठगुन्नाको अत्तरियास्थित दुर्गालक्ष्मी मावि केन्द्रमा एसईई परीक्षामा सम्मिलित भई घर फर्कने क्रममा जिप दुर्घटनामा परेर निधन भएको प्रहरीले जनाएको छ। यस्तै दुर्घटनामा १७ वर्षीय हरिश धामी, १८ वर्षीया सरस्वती र १६ वर्षीय प्रकाश धामी परि घाइते भएका छन।

घाइतेहरूको पदमा अस्पतालमा उपचार भइरहेको छ। प्रदेश ट्राफिक प्रहरी कार्यलय अत्तरियाका अनुसार घाइतेहरू पनि एसईई दिइएर घर फकिरहेका मेलकट्टेश्वर माविकै विद्यार्थी हुन्। जिपको स्टेरिङ्ग कन्ट्रोल गर्न नसक्दा नालिमा ठोक्किएर गाडि दुर्घटना भएको खुलेको छ। गाडि चालक नरसिँ धामीलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार