• होमपेज
  • समाज
  • ६४ जना सङ्क्रमित थपिँदा ५७ जना सङ्क्रमणमुक्त

६४ जना सङ्क्रमित थपिँदा ५७ जना सङ्क्रमणमुक्त

  • शनिबार, चैत्र २५, २०७९
६४ जना सङ्क्रमित थपिँदा ५७ जना सङ्क्रमणमुक्त

काठमाडौँ   –    पछिल्लो २४ घण्टामा देशभर थप ६४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार १७० वटा नमुनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४१ तथा एन्टिजेन विधिबाट २३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ५७ जना सङ्क्रमणमुक्त पनि भएका छन् । योसँगै देशभर पीसीआर विधिबाट सक्रिय सङ्क्रमितको सङ्ख्या ३५७ पुगेको छ । त्यस्तै, थप २० हजार २५७ जनाले कोरोनाभाइरसविरुद्धको खोप पनि लगाएका छन् ।

चर्चामा

सम्बन्धित समाचार