• होमपेज
  • सुचना प्रबिधी
  • आज देशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

आज देशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

  • मङ्लबार, चैत्र २१, २०७९
आज देशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरुमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

आज राति भने देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। यो क्रम बुधबार पनि जारी रहने महाशाखाले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार