शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • खेलकुद
  • घरेलु मैदानमा लिभरपुलमाथि म्यान्चेस्टरको फराकिलो जीत

घरेलु मैदानमा लिभरपुलमाथि म्यान्चेस्टरको फराकिलो जीत

  • आइतवार, चैत्र १९, २०७९
घरेलु मैदानमा लिभरपुलमाथि म्यान्चेस्टरको फराकिलो जीत

काठमाडौँ – म्यानचेस्टर सिटीले लिभरपुलविरूद्ध सानदार जित हासिल गरेको छ । इङ्लिस प्रिमियर लिगअन्तर्गत शनिबार भएको खेलमा सिटीले लिभरपुलबिरुद्ध सिटीले ४–१ को फराकिलो जीत निकालेको हो ।

घरेलु मैदानमा सिटीबिरुद्ध लिभरपुलका लागि खेलको १७ औँ मिनेटमा मोहम्मद सालाको गोलले अग्रता लिएका थिए तर सिटीले त्यसको १० मिनेट नबित्दै खेललाई बराबरीमा ल्यायो। जुन बराबरीका लागि सिटीका जुलियन अल्भारेजले २७औं मिनेटमा गोल गरेका थिए ।

पहिलो हाफ बराबरीमा सकिएको भए पनि दोस्रो हाफको सुरुवातीमा ४६ औँ मिनेटमा केभिन डे ब्रुएनेले गोल गरेपछि सिटीले अग्रता बनाउन सुरु गर्‍यो। त्यसपछि खेलको ५३ औँ मिनेटमा इल्के गुन्डोगानले सिटीका लागि थप गोल गरेपछि खेल ३–१ ले अघि बढ्यो र, अग्रतालाई कायम राख्दै अघि बढेको सिटीका लागि ७४ औँ मिनेटमा ज्याक ग्रेलिसले गोल गरेका थिए।

यो जितसँगै सिटीले २८ खेलबाट ६४ अंक बनाउँदै लिगको दोस्रो स्थानमा यथावत छ। तर उसले यो जीतवाट ६९ अंकसहितको शिर्ष स्थानमा रहेको आर्सनलमाथि भने दबाब थपेको छ ।

चर्चामा

सम्बन्धित समाचार