मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बुढीगंगा
  • विकासकाे आधार बर्षका रुपमा अगाडि बढ्दै बुढिगंगा नगरपालिका

विकासकाे आधार बर्षका रुपमा अगाडि बढ्दै बुढिगंगा नगरपालिका

  • शुक्रबार, चैत्र १७, २०७९
विकासकाे  आधार बर्षका रुपमा  अगाडि बढ्दै बुढिगंगा  नगरपालिका

टेक बहादुर बुढा, बाजुरा –    बाजुराको बुुढिगंगा नगरपालिकालाइ विकासकाे आधार बर्षका रुपमा लिन विभिन्न कार्यविधि तथा रणनितिक योजनाहरु निर्माणका साथ आगाडि बढेको छ ।

नगरपालिकालाई बिकासकाे आधार बर्षका रुपमा लिन यस बर्ष विभिन्न निति तथा कार्यक्रमको घोषण गर्नुका साथै कार्यविधि तथा रणनितिक योजनाहरु निर्माण गरेर सोहि अनुसार आगाडि बढिरहेको नगर प्रमुख राम बहादुर बानिँयाले विहिबार नगरपालिकामा आयाेजित पत्रकार सम्मेलन मार्फत बताएका छन । कार्यविधि तथा रणनितिक योजनाहरु निर्माणमा नगर प्रोफाइल, नगर आवधिक योजना नगर मध्यकालीन खर्च संरचना, कृषि तथा पशुपालन रणनितिक योजनाहरु निर्माण गरिएका छन ।

त्यस्तै १० वर्ष शिक्षा रणनितिक योजना, नगर स्वास्थ्य तथा सरसफाई तथा पर्यावरणीय सन्तुलन योजनाको लागि बिड सूचना समेत प्रकाशन गरिएको नगर उपप्रमुख माया कुवरले बताएकी छन । नगरपालिकाले हिउँदे अधिवेशन बाट विभिन्न कार्यविधि तथा निर्देशिका तर्फ करिब ३० भन्दा बढि कार्यविधिहरु निर्माण गरिएका छन । शिक्षाको गुणस्तर सुधारका लागि पनि विभिन्न प्रयास गरिरहेको नगर प्रमुख बानिँयाको भनाइ रहेको छ ।

विद्यालयको खर्च न्यूनिकरण, दरबन्दी मिलान , तह घटाउने तथा विद्यालय मिलान सम्बन्धी अध्ययन र नगरपालिका प्रधानाध्यापक बिच तिन तिन महिनाको सिकाई करार लागाएतका प्रयास भएका नगर प्रमुख बानिँयाले बताए । त्यस्तै स्वास्थ्य तर्फ अलपत्र अवस्थामा रहेकाे १५ शैयाका अस्पतालहरुको निर्माण कार्य सुरु, नगरपालिकाका ४ वटा वडामा नियमित स्वास्थ्य सेवा सुरु गरिएको पनि नगर प्रमुख बानिँयाले बताए ।

खानेपानी सरसफाईका लागि नगरपालिकाको २ र ३ वडामा खानेपानी तथा सिचाईको व्यवस्थापनका लागि बैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गर्दै अध्ययन भइरहेको नगर उपप्रमुख कुवरले बताएकी छन । त्यस्तै नगरपालिकाले सामाजिक सुरक्षा भत्तालाई सरल, सहज र जनताको पहुँचमा पुर्‍याउनका लागि प्रत्येक वडा कार्यालयबाट बिएलबि सेवा मार्फत वितरण सुरु गरिएको बताए ।
युवा, खेलकुद तथा रोजगारीतर्फ व्यवसायिक खेलाडी उत्पादन, प्रशिक्षण तथा व्यवस्थापनका लागि नगर स्तरीय विकास समिति समेत गठन गरिएको उपप्रमुख कुवरले बताएकी छन ।

सुचना, प्रविधि, संचार तथा इन्टरनेट सेवालाई सहज र प्रभावकारी बनाउनका लागि नगरपालिकामा फाइवर नेट संचालन तथा विस्तार र यस बर्र्षै भित्र नगरपालिकाका सबै वडामा पुर्‍याउने लक्ष्य रहेको नगरपालिबाले जनाएको छ । नगरपालिकाको समग्र विकास तथा परिवर्तनका लागि केहि चुनौति भएता पनि आफू रातदिन नभनि प्रतिबद्ध भएर खटिरहेको नगरप्रमुख बानिँयाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार