शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • देश
  • जनताको सेवा र परिवर्तनका लागि रातदिन निरन्तर लागिरहेका छौ – अध्यक्ष रावत

जनताको सेवा र परिवर्तनका लागि रातदिन निरन्तर लागिरहेका छौ – अध्यक्ष रावत

  • बिहिबार, चैत्र १६, २०७९
जनताको सेवा र परिवर्तनका लागि रातदिन निरन्तर लागिरहेका छौ – अध्यक्ष रावत

टेक बहादुर बुढा, बाजुरा –    बाजुराको खप्तड छेडेदह गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावतले समग्र गाउँपालिकाको विकासका लागि निरन्तर लागि रहेको बताएका छन ।

दुर्गम पालिका भएकाले काम गर्न ठुलो चुनौती भएता पनि आफु निरन्तर रातदिन नभनि विकास निर्माणका काम तथा जनताको सेवाका लागि प्रतिबद्ध भएर लागिरहेको बताएका छन । आन्तरिक आम्दानी तथा राजस्व निर्माण हुने खालका स्रोत नभएकाले धेरैजसो योजनाहरु संघ तथा प्रदेशको भरमा निर्माण गर्नु पर्ने अवस्था रहेको समेत अध्यक्ष रावतले बताए । गाउँपालिकामा भएका छेडेदह ताल, खप्तड जस्ता पर्यटकीय स्थलहरुको विकास, संरक्षण तथा सम्र्वद्धनका लागि दिर्घकालीन योजनाहरु बनाउनका लागि सबैसंग सहकार्य भइरहेको अध्यक्ष रावतले बताए ।

गाउँपालिकामा १० शैयाको अस्पताल निर्माणाधिन अवस्थामा रहेकाले पालिकाकै वडा नं ७ को आटीचौर स्वास्थ्य चौकीबाट एमबिबिएस डाक्टरबाट सेवा सुचारु भइसकेको बताए । स्वच्छ खानेपानीको अवधारणा अनुरुप एक घर एक धारा अभियानको थालनी गर्ने, पालिकाका रहेक वडाहरु राष्टिय प्रसारण लाइनको बिद्युतमा जोड्नका लागि पहल गरिरहेको अध्यक्ष रावतले बताएका छन । गाउँपालिकाको सञ्चार क्षेत्रमा पनि विकास भइरहेका र पालिकाको वडा नं १ र २ मा एउटा टेलिफोनको टावर बनाउनका लागि आफु लागिरहेकोृ बताए ।
गाउँपालिकामा हुने हरेक विकास निर्माणका कार्यहरुमा हुने अनियमितता र भ्रष्टाचार उन्मुलनका लागि सदैव खटिरहेको बताए । समग्र गाउँपालिकाको विकासका लागि संघ तथा प्रदेश सरकारसंग पनि आवश्यक समन्वय गरिहेको गाउँपालिका अध्यक्ष रावतले बताएका छन ।

गाउँपालिकाका युवाहरु लाई स्वरोजगार बनाउनका लागि विभिन्न कार्यक्रम समेत सञ्चालन गरिरहेको र आगामी दिनहरुमा थप कार्यक्रमका लागि लागिरहेको बताए । त्यस्तै समग्र गाउँपालिकाको स्वास्थ्य, शिक्षा, सञ्चार लगायत अन्य क्षेत्रको विकासका लागि आवश्यक योजनाहरु बनाउदै सशक्त रुपमा अगाडि बढिरहेको अध्यक्ष रावतले बताए । आफ्नो पाँच बर्षिय कार्यकालमा गाउँपालिकाको मुहार फेर्नका लागि जनताको सेवकको रुपका काम गर्ने समेत गाउँपालिका अध्यक्ष रावतले प्रतिबद्धता व्यक्त गरेका छन ।

देशभरिमै हरेक क्षेत्रमा बाजुरा जिल्ला पछाडि परिहेकाले बाजुरालाई सुखी र समृद्ध जिल्ला बनाउनका लागि सबैले एक्यबद्धता भएर लाग्नु पर्ने कुरामा अध्यक्ष रावतले जोड दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार