बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • बझाङ सदरमुकाम चैनपुर रिङरोड सडक हिलाम्मे; गिज्याउने तस्बिर

बझाङ सदरमुकाम चैनपुर रिङरोड सडक हिलाम्मे; गिज्याउने तस्बिर

  • सोमवार, चैत्र १३, २०७९
बझाङ सदरमुकाम चैनपुर रिङरोड सडक हिलाम्मे; गिज्याउने तस्बिर

अर्थ जङ शाही, बझाङ –    बझाङको सदरमुकाम चैनपुर रिङरोड यतिबेला हिलाम्मे सडक भएको छ।

त्यसमा पनि मेयरको घर जाने बाटो । कस्तो होला ? सबैलाई लाग्छ, ‘फराकिलो र चिल्लो पिच होला । दुईतिर नाली होला । सरर गाडी गुड्छ ।’

बझाङ जयपृथ्वी नगरपालिकामा पनि यस्तै छ भन्ने तपाईंले सोच्नु भएको छ भने तपाईं गलत सावित हुनुभयो । नेपाली कांग्रेसका नेता तथा बझाङ जयपृथ्वी नगरपालिका मेयर चेतराज बजाल मेयर भइसकेपछि घर जान-आउन त्यही बाटो प्रयोग गर्छन् भने जयपृथ्वी नगरपालिका-१० का वडा अध्यक्ष पुष्प सिंह पनि त्यही बाटो बिहाना सांझ हिड्डुल गरिराख्छन्। तर बाटोको दुर्दशा हेर्दा त्यो सडक कुनै विकासमा सबैभन्दा पछि परेको बस्ती जाने जस्तो छ । वर्षको बाह्रै महिना हिलो हुने त्यो सडकमा खाल्डाखुल्डीको ठेगान छैन । “जहिले पनि पानी र हिलोले गर्दा त्यो सडकमा हिँड्ने नागरिकले पाउनुसम्म दुःख पाउँछन्,” स्थानीय बाजिलाल शाहीले भने, “कैयौं पटक म आफै पनि हिलोमा परेको छु । बजार, कार्यालय जान भनेर हिँंडेका मानिस, स्कुल जान हिंडेका विद्यार्थीका खुट्टाभरि हिलो हुन्छ । कहिले त गाडी, मोटरसाइकल आउँदा उनीहरूको जिउभरि हिलो छ्यापिन्छ ।” No description available.

सदरमुकाम चैनपुर कहिले हिलो त कहिले नालीको फोहोर पानीले‌ सडकमा नागरिकले वर्षौंदेखि दुःख खेप्दै आएको भए पनि जयपृथ्वी नगरपालिका त्यसलाई बनाउन चासो दिएको छैन।

यतिसम्म यि तस्बिरले नगरपालिका लाई गिज्याउदा सम्म पनि नगरपालिकाले भने कुनै पनि चासो नदेखाएको चैन्पुरबासीको आरोप छ। No description available.

चर्चामा

सम्बन्धित समाचार