शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • कला /साहित्य
  • दिनौंदिन हत्या हिंशा बलात्कार हुन्छ

दिनौंदिन हत्या हिंशा बलात्कार हुन्छ

  • आइतवार, चैत्र १२, २०७९
दिनौंदिन हत्या हिंशा बलात्कार हुन्छ

बिदेशमा दिनौंदिन हत्या हिंशा बलात्कार हुन्छ,
प्रवाशी श्रमजिवीहरू सँग नराम्रो व्यबहार हुन्छ।

दुबै देशका सरकार मुकदर्सक बनि बस्छन् सधै,
सधैभरी सामाजिक अभियान्ताबाट उद्धार हुन्छ।

सधै श्रमजिवीहरु पिडितको पक्षमा लडिरहेको,
मिडियाहरूमा दिनौ उनिहरूका समाचार हुन्छ।

कसैले साठि लाख भन्छन कसैले चालिस लाख,
आधा जनसंख्या भौंतारिएकै सारा सन्सार हुन्छ।

फुटाउ र राेजगर को पाठ सिकाए साशकहरूले,
त्यसैले त समाज भित्र जातियताको दरार हुन्छ।

उनै प्रवाशी नेपालीको रेमिटेन्सीले देश धानेको,
नेताहरूको ऐयासीले गर्दा देश नै नाङ्गेझार हुन्छ।

चर्चामा

सम्बन्धित समाचार