शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • आँधीले २६ जनाको मृत्यु, अमेरिकाको मिसेसिपीमा राष्ट्रिय आपतकालको घोषणा

आँधीले २६ जनाको मृत्यु, अमेरिकाको मिसेसिपीमा राष्ट्रिय आपतकालको घोषणा

  • आइतवार, चैत्र १२, २०७९
आँधीले २६ जनाको मृत्यु, अमेरिकाको मिसेसिपीमा राष्ट्रिय आपतकालको घोषणा

आँधीले ठूलो क्षति गरेपछि अमेरिकाको मिसेसिपीमा राष्ट्रिय आपतकालको घोषणा गरिएको छ। तीव्र गतिको आँधी कारण घर भत्कँदा २६ जनाको मृत्यु भएपछि गभर्नर टाटे रेभ्स्ले राष्ट्रिय आपतकालको घोषणा गरेका हुन्।

उक्त आँधीमा परेर अझै केही व्यक्ति हराइरहेका छन्। हराइरहेका मानिसको खोजी र उद्धारको काम भइरहेको छ। तीव्र गतिको आँधीका कारण घरहरु भत्किएर केही मानिस भग्नावशेषमा फसेको बिबिसीको समाचारमा उल्लेख छ।

आँधीपछि मिसेसिपीका धेरै ग्रामीण क्षेत्रमा विजुली काटिएको छ। उद्धारलाई तीव्र पारिएको समाचारमा उल्लेख गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार