शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • उध्योग बाणिज्य संघ बाजुराले पायो पुणर्ता

उध्योग बाणिज्य संघ बाजुराले पायो पुणर्ता

  • शुक्रबार, चैत्र १०, २०७९
उध्योग बाणिज्य संघ बाजुराले पायो पुणर्ता

बाजुरा — उद्योग बाणिज्य संघ बाजुराका पदाधिकारीले पुणर्ता पाएका छन । अध्यक्ष लगायत केही पदाधिकारी यस अघि नै टुगिएको भए पनि महासचिव लगायतको पदहरुको सुक्रबार टुगोँ लागेको छ । फागुन २९ गते निर्बाचनमा गएको कमिटिले आज पुणर्ता पाएको कार्यकारी सचिव तथा निर्वाचन समिति सदस्य टेक बहादुर धामीले बताएका छन ।
आन्तरिक समस्यका कारण अनिश्चित स्थगित गरिएको निर्वाचन शुक्रबार महासचिवमा रम बहादुर शाहीलाई सहमती गरेको कार्यकारी सचिव धामीले बताए ।
मुख्य निर्वाचन अधिकारी पुर बहादुर रावतका अनुसार सहमतीका आधारमा नयाँ नेतृत्वले पुणर्ता पाएको बताएका छन । नयाँ नेतृत्व अध्यक्षमा देब बहादुर रोकाया, प्रथम उपाअध्यक्षमा चक्र बहादुर रोकाया, द्धितिय उपाअध्यक्षमा तुला बहादुर रोकाया, महासचिवमा रम बहादुर शाही, कोषाअध्यक्षमा हंस बहादुर सिंह, सचिवमा देबेन्द्र नाथ, बरिष्ठ सदस्य सुरेन्द्र नाथ लगायत १२ सदस्यि कार्यसमिति सदस्य तथा पदाधिकारी निर्बिरोध निर्वाचित भएर आजै सपथ ग्रहण पनि भइसकेको मुख्य निर्बाचन अधिकारी पुर बहादुर रावतले बताएका छन । सदस्यहरुमा उध्योगमा पार्वती जैशी र दुर्गा शाह मल्ल र बाणिज्य तर्फ अफिलाल धामी, भगिरथ शाही र मिथिला कुमारी सिहं निर्बाचित भएका छन ।
लामो समय देखी बिवादलाई मिलाउने प्रयासमा रहेको समतिको टुगोँ नलागेपछी महासचिवमा रम बहादुर शाही र गोपाल कार्कीको उम्मेदवारी रहेकोमा कार्कीले आफ्नो उम्मेदवारी फेर्ता लिएपछि कमिटिले पुणर्ता पाएको बताएका छन
एक बर्ष देखी बिबादमा रहेको पदाधिकारी छनौटमा सहमती नभएपछि निर्बाचनमा गएको उध्योग बाणिज्य सघं बाजुराले आजदेखी पुणर्ता पाएको उध्योग बाणिज्य संघ बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार