• होमपेज
  • कला /साहित्य
  • कुन भिरबाट गुल्टिन्छ गाडी डर हुन्छ

कुन भिरबाट गुल्टिन्छ गाडी डर हुन्छ

  • बुधबार, चैत्र ८, २०७९
कुन भिरबाट गुल्टिन्छ गाडी डर हुन्छ

कुन भिरबाट गुल्टिन्छ गाडी डर हुन्छ,
तर पनि सफर गर्न सबैलाई कर हुन्छ।

कहिले गुड्ने कहिले उड्ने जिन्दगि हो,
सन्तान नै आर्कैको देशमा निर्भर हुन्छ।

हेरौँ त टुटे फुटेको बाटो र वहान थोंत्रा,
सरकारलाई थाहाछैन याहाँ पहर हुन्छ।

आउँछ फसल पाकेपछि असिना याहाँ,
धान रोप्ने वेलामा त सुकेको बगर हुन्छ।

किसान मज्दुरहरूका त धेरै दुश्मनभए,
कुद्रतकै व्यबहारले नी मुटु परपर हुन्छ।

शोशक फटाहाहरू छंदैछन् गरिब मारा,
उस्तै कुद्रतकै र समाजिक कल्चर हुन्छ।

चर्चामा

सम्बन्धित समाचार