सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • देश/प्रदेश
  • आजको मौसमी पूर्वानुमान : हावाहुरीसहित पानी पर्ने

आजको मौसमी पूर्वानुमान : हावाहुरीसहित पानी पर्ने

  • मङ्लबार, चैत्र ७, २०७९
आजको मौसमी पूर्वानुमान : हावाहुरीसहित पानी पर्ने

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ।

देशका पहाडी भू-भागका केही स्थानमा र तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जनसहित वर्षा हुनेछ। देशका अधिकांश ठाउँमा चट्याङ्ग, हावाहुरी र असिनासहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

राती भने देशभर आशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराई भू-भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी र असिना सहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशको पहाडी भू-भागका केही स्थानमा तथा तराई भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्ग र हावाहुरी र असिनासहित क्षणिक र हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार