शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • यो समाज भित्र न कामको कदर हुन्छ

यो समाज भित्र न कामको कदर हुन्छ

  • शनिबार, चैत्र ४, २०७९
यो समाज भित्र न कामको कदर हुन्छ

यो समाज भित्र न कामको कदर हुन्छ,
न मान्छिको जिन्दगीको कुनै भर हुन्छ।

पुँजीवादी समाज स्वर्ग हो लुटेराहरूको,
जसरि कमाएनि धन कमाउँने कर हुन्छ।

कोही जिउँदा मान्छे बेच्छन् कसैले मुर्दा,
उनै व्यपारी को सारा धर्ति र सगर हुन्छ।

खाडिमा जान्छन् पसिनाबेच्न श्रमजिवी,
उनिहरू कुन हालमा छन न खबर हुन्छ।

किन अत्यचार गर्छौ ए सरकारमा बसेका,
तिमिलाई व्यपारी नै बन्नै किन रहर हुन्छ।

हामि मानिस हौँ मन छ मुटु छ हाम्रो पनि,
जिवनभरी कामगर्दा न त बसने घर हुन्छ।

चर्चामा

सम्बन्धित समाचार