शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • कैलालीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

कैलालीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

  • बिहिबार, चैत्र २, २०७९
कैलालीमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

धनगढी   –     कैलालीमा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको गोदावरी नगरपालिका–३ चौकिडाँडास्थित सडकमा म.१ त १२०९ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार राति दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

दुर्घटना हुँदा ट्याक्टर चालक कञ्चनपुर बेलौरी नगरपालिका–७ का ३१ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले बताएको छ। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार