बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • भ्रममा नपरौं ए मानव समुदाय

भ्रममा नपरौं ए मानव समुदाय

  • बिहिबार, चैत्र २, २०७९
भ्रममा नपरौं ए मानव समुदाय

मानिस लाई सधै सामाजिक बन्नुपर्छ,
अबको अबस्थामा वैज्ञानिक बन्नुपर्छ।

छाडौं यो छुवाछुत र मन्त्र झारफुकको,
भौतिकबादी बिचारमा सरिक बन्नुपर्छ।

ठाउँ हुन्छ आफ्नै बिचारहरू बिसाउँने,
समाजिक भई सबैको नज्दिक बन्नुपर्छ।

  1. भ्रममा नपरौं ए मानव समुदाय कसैको,
    आफ्नो बिचारमा सधै अडिक बन्नुपर्छ।

स्वर्ग र नर्क त हुन्छ, तर यही समाजमा,
यसबारेमा हामि सबै निरभिक बन्नुपर्छ।

हुन्छन् एकताको हल्लामा फुटको खेती,
निर्दोशनै अचानो किन वार्षिक बन्नुपर्छ।

चर्चामा

सम्बन्धित समाचार