• होमपेज
  • कला /साहित्य
  • फुल जस्तै बन्न सिक तिमी

फुल जस्तै बन्न सिक तिमी

  • बिहिबार, चैत्र २, २०७९
फुल जस्तै बन्न सिक तिमी

फुल जस्तै बन्न सिक तिमी
सबै ले मन पराउने छन
मन्दिर देखि घाट सम्म
तिमिलाइ नै चडाउने छन ।

शिरदेखि गला सम्म
तिमिलाइ नै सजाउने छन
दस अाैलामा फुल लिई
ध्यान सम्म गराउने छन ।

यज्ञ हाेस कि पुराण हाेस
तिमिलाइ नै खाेज्ने छन
बिबाह काे मण्डप सजाउन
तिमिलाइ नै राेज्ने छन ।

भमरा र चरा पनि तिमिलाइ नै खाेज्ने छन
बगैँचा काे सुन्दरता तिमिलाइ नै खाेज्ने छन
त्यसले ,
फुल जस्तै बन्न सिक ।
फुल्न देउ फुल लाई
नलुछ काेपिला ।

चर्चामा

सम्बन्धित समाचार