शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • जगन्नाथ
  • जगन्नाथका वडा कार्यालय बन्द नभई केही व्यक्तिको आक्रोश मात्रै हो : अध्यक्ष शाही

जगन्नाथका वडा कार्यालय बन्द नभई केही व्यक्तिको आक्रोश मात्रै हो : अध्यक्ष शाही

  • बिहिबार, चैत्र २, २०७९
जगन्नाथका वडा कार्यालय बन्द नभई केही व्यक्तिको आक्रोश मात्रै हो : अध्यक्ष शाही

बाजुरा– जगन्नाथ गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले पालिकाका वडा कार्यालयको तालाबन्दी हल्ला मात्रै भएको बताएका छन् । केही असन्तुष्ट पक्षले कोही नभएको अवस्थामा आएर ताला झुण्डाए पनि त्यो आधिकारीक र हल्ला गरिए जस्तो नभएको बताएका छन् ।

प्रक्रिया नमिल्दा ६ नम्बर वडा कार्यालयमा सहकारी सञ्चालनका लागि सिफारिस नदिएको विषयमा एकआध व्यक्ति आक्रोशित भएको र ४ नम्बरमा आफूहरुलाई हालिमुहाली गर्नबाट रोकेको विषयमा केही व्यक्तिका असन्तुष्टी भएकोले त्यसलाई ठूलो विषय बनाउन जरुरी नभएको बताएका छन् ।

ताला झुण्ड्याएको भन्ने कुरा सुनिएपनि त्यो असन्तुष्टीलाई संवोधन गरिने र तालाबन्दी गरेर कोही कसैलाई फाइदा नपुग्ने भएकोले कामकाज नै ठप्प भन्ने हल्लाका पछि नलाग्न आग्रह गरेका छन् । प्रक्रिया नपुर्याएर वडाले सिफारिस नदिने विषय र आफूलाई स्वार्थ पुरा हुने गरि एकल योजना नदिएको आक्रोशलाई लिएर सिंगो पालिकाको बद्नाम गराउने विषय सह्य नहुने बताएका छन् ।

यता नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका कार्यकर्ताले भने तालाबन्दी गरेको भन्दै सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरेका छन् । एमाले कार्यकर्तालाई मात्रै समावेश गर्ने गरिएको र अरुलाई कुनै काम र अवसरमा नसमेटिएको विषयमा तालाबन्दी गरेको आरोप तीन दलका नेता कार्यकर्ताको छ ।

गाउँपालिका तथा वडा कार्यालयहरुले कुनै पनि योजनाहरु कार्यान्वयन गर्दा आफू निकटका व्यक्तिहरुलाई मात्रै समेट्ने गरेकोले वडा कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको काँग्रेस गाउँकार्य समिति सचिव रामलाल बिष्टले बताएका छन् । तर पालिकाले भने आरोप र आक्रोश केही व्यक्तिको व्यक्तिगत भएकोले तालाबन्दीको विषय हल्ला मात्रै भएको बताएको छ ।

चर्चामा

सम्बन्धित समाचार