बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • खेलकुद
  • ‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

  • मङ्लबार, फाल्गुन ३०, २०७९
‘ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं   –      शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज तीन खेलहरु हुँदैछन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो साढे २ बजे हुने खेलमा संकटा क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुनेछ ।

संकटा आज दोस्रो जितको खोजीमा हुनेछ भने नवप्रवेशी चर्च ब्वाइज लगातार चौंथो जितको खोजीमा हुनेछ ।

यस्तै, दशरथ रंगशालामा दिउँसो साढे २ बजे हुने पहिलो खेलमा जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

जावलाखेल तेस्रो जित निकाल्ने योजनामा रहेको छ भने फ्रेन्ड्स पहिलो जितको खोजीमा हुनेछ ।

रंगशालामा साँझ साढे ५ बजे हुने दोस्रो खेलमा मछिन्द्र फुटबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

साविक विजेता मछिन्द्र पहिलो जितको खोजीमा रहेको छ । पुलिस पनि पहिलो जितको खोजीमा हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार