शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • सिन्धुलीमा बस दुर्घटना हुँदा मृतकको संख्या ६ पुग्यो

सिन्धुलीमा बस दुर्घटना हुँदा मृतकको संख्या ६ पुग्यो

  • आइतवार, फाल्गुन २८, २०७९
सिन्धुलीमा  बस दुर्घटना हुँदा मृतकको संख्या ६ पुग्यो

काठमाडौँ –    सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । ओखलढुंगाबाट काठमाडौँ आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस फिक्कलमा दुर्घटना भएको थियो ।

मृतकको संख्या ६ पुगेको सिन्धुलीका एसपी राजकुमार सिलवालले रातोपाटीलाई बताए । मृत्यु हुनेमा ३ पुरुष र ३ महिला छन् । दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । घाइतेलाई उपचारको लागी सिन्धुलीको खुर्कोटमा ल्याइँदै छ । बस तिब्र गतिको कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको एसपी सिलवालले जानकारी दिए । बस सडकको भित्तामा ठोक्किएको छ । चालक फरार छन् ।

चर्चामा

सम्बन्धित समाचार