शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • बडिमालिका
  • गौतम थापाको उपचारमा मुख्यमन्त्री शाहको चासो, काठमाण्डाैँमा उपचार हुदै

गौतम थापाको उपचारमा मुख्यमन्त्री शाहको चासो, काठमाण्डाैँमा उपचार हुदै

  • आइतवार, फाल्गुन २८, २०७९
गौतम थापाको उपचारमा मुख्यमन्त्री शाहको चासो, काठमाण्डाैँमा उपचार हुदै

लक्ष्मीराज पाध्याय — बडिमालिका नगरपालिका ९ बस्ने ४ बर्षिया गौतमा थापाको उपचारमा सुदुरपश्मि प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहले चासो राखेका छन । जिल्ला अस्पताल बाजुराको शैयामा छटपटीरहेका गौतमको समचार प्रकाशन पश्चात मुख्यमन्त्री शाहको ध्यानाकर्षण भएको छ ।
मुख्य मन्त्री शाहले गौतम थापाको उपचारमा आफुले सहयोग गर्नसक्ने बडिमालिका खवरलाई बताएका छन । शाहले उनको उपचारमा के कसरी हुन्छ सहयोग गर्न तयार रहेको बताए । त्यसै गरी सामाजिक बिकाश मन्त्रालय सुदुरपश्चिम प्रदेशका  प्रदेश उप सचिव गणेश बहादुर सि‌हले समते गौतमको उपचारमा चासो दिएका छन ।
तर अभिभाबक सँग पैसा नहुदा जिल्ला अस्पताल बाजुराको शैयामा गौतम मृत्य सँग जुधिरहेका थापाको उपचारमा समस्या भन्ने समाचार बडिमालिका खवर लगायत बिभिन्न संचार माध्याममा प्रकाशन पश्चात उनको उपचारका लागि बिभिन्न सहयोगीहातहरु जुटेका छन । ४ बर्षिय गौतमको मुटुमा समस्या भएर दुइ ओटा भल्व फेर्नुपर्ने जिल्ला अस्पताल बाजुराका स्वास्थ्यकर्मीहरुले बताएका छन । अस्पताल बाजुराले आइसियु चाहिने बच्चाको अबस्था जटिल भएको भन्दै रिफर गरेको थियो ।
हाल उनको उपचारका लागि पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश सिंहको समन्वयमा मेडिकल पुनस् स्थापना सस्थां काठमाण्डौले सहयोग गरीरहेका छन । हाल गौतमको उपचार मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा भईरहेको मेडिकल पुनस् स्थापना सस्थांका सम्राटसिहं बस्नेतले बताएका छन ।
आफन्तले गत असोज महिना गौतमलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा काठमाडौमा उपचारमा लगेका थिए । गौतमलार्ई पैशा नहुदा फिर्ता ल्याएको बुवा हिमालले वताए । उनले असोजमा काठमाण्डौ लगेर पैशा नभएकै कारण फिर्ता ल्याएको बताए ।

चर्चामा

सम्बन्धित समाचार