बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाज
  • बाजुराको बुढिगंगामा १७ बर्षिय सुत्केरीको मृत्यु

बाजुराको बुढिगंगामा १७ बर्षिय सुत्केरीको मृत्यु

  • शुक्रबार, फाल्गुन २६, २०७९
बाजुराको बुढिगंगामा १७ बर्षिय सुत्केरीको मृत्यु
फाइल तस्बिर

बाजुरा–बाजुराको बुढिगंगा नगरपालिका २ बजेडी बस्ने १७ बर्षिय सुत्केरी लक्ष्मी लुवारको मृत्यु भएको छ । दुइवटा शिशु जन्माएकि लक्ष्मीलाइ अछामको बयलपाटा अस्पतालमा लिदै गर्दा बाटोमा मृत्यु भएको बयलपाटा अस्पताल अछामले जनाएको छ ।
एक छोरी घरमै जन्माएकी लक्ष्मिलाइ अफ्ठयारो भएपछि आफन्तले बिहिवार दिउसो आफन्तले बह्रमतोला स्वास्थ्य चौकी पुयाएका थिए । त्यहाँ एउटा छोरीको जन्म दिइन्, उनलाइ अत्याधिक रक्तस्राव भएपछि स्वास्थ्य केन्द्रले बयलपाटा रिफर गरेको थिए । अत्याधिक रक्तस्रावका कारणले लक्ष्मीको बाटोमै मृत्यु भएको हो । एउटा छोरीको मृत्यु भइसकेको छ भने एउटा जिवितै रहेको अस्पतालले जनाएको छ ।
स्वास्थ्यकर्मीका अनुसार समयमै स्वास्थ्य चौकी नपुग्नु र आमा जोखिममा रहेको जानकारी नहुँदाको परिणाम रहेको वताएका छन् । सयममै दुइवटा बच्चा रहेको जानकारी भएको भए सुबिधा सम्पन्न ठाउँमा पुगेको भए लक्ष्मीले अकालमै ज्यान गुमाउनु नपर्ने एक स्वास्थ्यकर्मीले वताए ।
तिन महिना पहिला मा बुढिगंगा नगरपालिका ६ मा एकजना सुत्केरीको अत्याधिक रत्तस्राबका कारणले मृत्यु भएको छ । मृत्यु हुनेमा २० बर्षकी नितु जैशी रहेको बुढिगंगा नगरपालिका स्वास्थ्य शाखा प्रमुख दिपक शाहले वताएका छन् ।
बाजुरामा ४ बर्ष यता लक्ष्मी लगायत ११ जना सुत्केरीको मृत्यु भइसकेको छ । गर्भवती भएपछि नियमित गर्भजाँचको कमि र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउदाको परिणाम रहेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले वताए । अर्को सुत्केरी भएको बेला आराकम गर्नुपर्ने, पोषिलो खानेकुरा नखाने, कडा परिश्रमले सुत्केरी महिला ज्यान गुमाउने गरेको उनले वताए । बाजुरामा तथ्याङ्क कुनै नभएपनि एक महिना एक देखी दुई जना महिलाले बाटोमै बच्चा जन्माउने गरेको खडकाले वताए ।
हुनत सरकारले हवाइ उद्धार कार्यक्रम सञ्चालन गरेको छ, तर पनि सुत्केरी महिला मर्नेक्रम रोकिएको छैन । बाजुराका आमाहरुको प्रजनन स्वास्थ्य निकै बेजोग रहेको छ । कडा परिश्रम, धेरै बच्चा जन्माउनु, कम उमेरमा बच्चा जन्माउन, स्वास्थ्य सेवा पहुँच बाट बिमुख जस्ता समस्याले आमाहरुको ज्यान निकै जोखिम बन्दै गएको छ ।

चर्चामा

सम्बन्धित समाचार