बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • खेलकुद
  • पीएनजीमाथि नेपालको सानदार जित

पीएनजीमाथि नेपालको सानदार जित

  • बिहिबार, फाल्गुन २५, २०७९
पीएनजीमाथि नेपालको सानदार जित

काठमाडौं  –    आईसीसी विश्वकप क्रिकेट लिग टूको जारी शृंखलाको पहिलो खेलमा नेपाल विजयी भएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नेपालले पपुवा न्युगिनीलाई ५२ रनले हराएको हो ।

जितका लागि २९८ रनको लक्ष्य पछ्याएको पीएनजी २४५ रनमा अल आउट भयो ।

पीएनजीका लागि नोरमान भानुआ र टोनी उराले अर्धशतक पूरा गरे पनि टिमलाई जिताउन सकेनन् ।

नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए ।

यसअघि कीर्तिपुरस्थित टीयू मैदानमा पीएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले आसिफ शेखको ११० रन मद्दतमा ४९.१ ओभरमा सबै विकेट गुमाएर २९७ रन बनाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार