शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • बडिमालिका
  • अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फलफुल वितरण

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फलफुल वितरण

  • बुधबार, फाल्गुन २४, २०७९
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फलफुल वितरण

बाजुरा — आज ८ मार्च, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा बाजुरा जिल्लाभर बिभिन्न कार्यक्रम गरी मनाईएको छ । नेपालमा ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँचमा बिस्तार’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाईएको हो ।
दिवसको अवसरमा अन्तरपार्टी महिला संजालको आयोजनामा जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुलाई फलफुल बितरण गरिएको अन्तरपार्टी महिला संजाल बाजुराकी अध्यक्ष कमल शाहले बताएकी छन । संजालले सुत्केरी महिलाहरुलाई एक एक क्रेड अण्डा र फलफुल बितरण गरेको र अन्य बिरामीहरुलाई फलफुल बितरण गरेको संजालले जनाएको छ ।
आजका दिन महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डाको सामूहिक वकालत गर्छन् । धेरैजसो देशले यस दिन सार्वजनिक बिदा दिने गरेका छन् । नेपालमा पनि बिदा दिइने चलन छ ।

चर्चामा

सम्बन्धित समाचार