• होमपेज
  • कला /साहित्य
  • क्लारा जेट्कीन बने झांसिकी रानी तिमी

क्लारा जेट्कीन बने झांसिकी रानी तिमी

  • बुधबार, फाल्गुन २४, २०७९
क्लारा जेट्कीन बने झांसिकी रानी तिमी

क्लारा जेट्कीन बने झांसिकी रानी तिमी,
स्वाभिमानीहौ पुछ आँखाको पानी तिमि।

यो पुरूष प्रधान समाज र पुँजिवाद भित्र,
नबनौँ कम्जोर कटपुतली र नादानी तिमि।

बलिदानी शंघर्षले नै सतिपर्था सती गयो,
छाड होलिको दहनगर्न जानीजानी तिमी।

पौरखमा पुरूष भन्दा कम्जोर कत्ती छैनौं,
विवेक सिल सहनसिलताको खानी तिमी।

सम्पत्तीमा समान अधिकार को हो लडाइ,
सुधारौँ सदियौं देखुन् लागेको बानी तिमी।

आधा आकास र आधा धर्ती तिम्रैपनि हो,
बनौं शंघर्षसिल महिँला स्वाभिमानी तिमी।

चर्चामा

सम्बन्धित समाचार